scheduleमगलवार मंसिर २५ गते, २०७५

म्याच प्रिभ्युः लियोनल मेस्सीको भरमा अर्जेन्टिनामा टिम, क्रोसिया अर्को जितको दाउमा

काठमाडौँ, ७ असार । विश्वकपको आजको सबैभन्दा महत्वपुर्ण खेल अर्जेन्टिना र क्रोसियाको मानिएको छ । ग्रप डी मा रहेका यी दुई देशबीचको खेल आज राति नेपाली समय अनुसार ११ः४५ हुँदैछ ।

पहिलो खेलमा आइसल्याण्डसँग एकएक गोलको बराबरी खेल खेलेको अर्जेन्टिना उच्च दबाबमा रहेको छ ।

एक अंकमात्र जोड्न सफल अर्जेन्टिनालाई यो खेल जित्नै पर्ने दबाब रहेको छ ।

पहिलो खेलमा अवसर पाउँदा पनि गुमाएको अर्जेन्टिनाले यस खेलमा पनि सोही अवस्था रहेमा विश्वकपबाटै बाहिरिने सम्भावना बढेर जानेछ ।

उता पहिलो खेलमा नाइजेरियाविरुद्ध २-० गोलको जित हात पारेको क्रोसिया भने खेल जित्ने वा बराबरीमा रोक्ने दाउमा रहेको छ ।

तीन अंकका साथ शिर्ष स्थानमा रहेको क्रोसियाका खेलाडीहरु उच्च फर्ममा रहेका छन् ।

उसका लागि लुका मोडरिक, डिजान लोबरेन तथा मार्को मान्डुजकी जस्ता खेलाडीहरु उच्च लयमा छन् ।

यी दुई देशबीच हालसम्म पाँचपपटक आमने सामने भएको छ । जसमा चारपटक अर्जेन्टिनाले जितेको छ भने एक खेल बराबरी खेल खेलका छन् ।

अर्जेन्टिनाका खेलाडीहरु पनि यस खेल जित्नै पर्ने दबाबका कारण राम्रो खेल प्रदर्शन गर्ने सोचमा रहेको प्रशिक्षक सामपाओली बताउँछन् ।

उनले भनेका छन्, यो खेल सबैले मिलेर खेल्ने हो । मेस्सीमाथिमात्र जिम्मेवारी भएको भन्नु हुँदैन ।

यो खेल जित्न सकेमा क्रोसिया विश्वकपको अन्तिम १६ का लागि छनोट हुनेछ । त्यस्तै अर्जेन्टिनाले क्रोसियालाई रोक्न सकेमा अर्को चरणमा जाने बलियो सम्भावना हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob