scheduleमगलवार मंसिर २५ गते, २०७५

बढुवा भएर अनिल शाह नबिल बैंकको सीईओ नियुक्त

काठमाडौं, ८ असार । बढुवा भएर नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनिल केशरी शाह नियुक्त भएका छन् । असार ७ गते बसेको सञ्चालक समितिको बैठकले बढुवा गरेर उनलाई सीईओ नियुक्त गरेको हो । ६ महिनादेखि डेपुटी सीईओका रुपमा जिम्मेवारी सम्हाल्दै आएका शाहलाई नविल बैंक सञ्चालक समितिको बैठकले सीईओमा बढुवा गरेको हो ।

उनले आजै कार्याभार सम्हालेका छन् । मेगा बैंकमा २ कार्यकाल पुरा गरेर सेञ्चुरी कमर्सियल बैंकको सीईओ नियुक्त भएका शाहलाईबीचमै नबिलले सीईओ नियुक्त गरेको थियो ।

सेञ्चुरीलाई धोका दिएर नबिल जाने निर्णय गरेपछि नेपाल राष्ट्र बैंकले कुलिङ पिरियडको व्यवस्था गरेर शाहलाई तत्काल सीईओ हुन रोकेको थियो ।

राष्ट्र बैंकले एउटा बैंकको प्रमुख कार्यकारी अधिकृतले अर्को बैंकमा जानु अघि ६ महिना आराम गर्नुपर्ने व्यवस्था ल्याएको थियो । केन्द्रिय बैंकले सीईओ बन्न अंकुश लगाएपछि नबिलले तत्कालिन अवधिमा शाहलाई डेपुटी सीईओ नियुक्त गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob