scheduleमगलवार मंसिर २५ गते, २०७५

रणवीर-दीपिका बिहे गर्दै

एजेन्सी, ८ असार । बलिउड अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहको विवाहको चर्चा लामो समयदेखि चलिरहेको थियो । तर, अहिले यी दुईको बिहेको मिति समेत तय भइसकेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार रणवीर-दीपिका नोभेम्बर १० मा बिहे गर्न जाँदैछन् ।

दक्षिण भारतीय परम्पराअनुसार उनीहरुको बिहे हुन लागेको हो । विवाहको मिति केही दिनअघि मात्र तय भएको हो । दुवै परिवार उदयपुरमा विवाह गर्न चाहन्थे तर कुन ठाउँमा हुने अझै टुंगो लागिसकेको छैन । यद्यपी सुत्रका अनुसार मुम्बईमा रिसेप्शन पार्टीका लागि होटल तय भइसकेको छ ।

यसै वर्षको शुरुआतमा यो जोडीले लंडनमा घर किनेको खबर बाहिर आएको थियो । यसपछि लंडन गएर उनीहरुले विवाहका लागि शपिङ गरेको खबर आएको थियो । दीपिकाले केही दिन पहिले मुम्बईको एक ज्वेलरीबाट गहना किनेकी थिइन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob