scheduleमगलवार मंसिर २५ गते, २०७५

बाहुबलीपछि अभिनेत्रीको पारिश्रमिक वृद्धि, एक दिनको ६ लाख भारू

एजेन्सी, ९ असार । साउथ इण्डिया चलचित्र ‘बाहुबली’ र ‘बाहुबली–२’ । निर्देशक राजमौलीका यी दुवै चलचित्रमा प्रभाषले मुख्य भूमिका निर्वाह गरेको छन् । यी दुवै चलचित्रले अत्याधिक चर्चा कमाए । यी फिल्महरुका भएका डाइलोग, फिल्मको स्क्रिप्ट अझै पनि दर्शकको मनबाट हट्न सकेको छैन ।

त्यस्तै फिल्मले मात्रै होइन, यस फिल्ममा अभिनय गर्ने कलाकारहरुले पनि चर्चा पाएका छन् । त्यसतै यस फिल्मकी चर्चित अभिनेत्री राम्या कृष्णन अर्थात बाहुबलीकी ‘राजमाता शिवगामी’ले त यस फिल्मपश्चात अन्य फिल्महरुका लागि आफ्नो पारिश्रमिक नै बढाएकी छिन् ।

यस फिल्मपश्चात राम्याको निकै चर्चा भयो, उनको करियर पनि एकाएक बदलियो । पछिल्लो खबरका अनुसार राम्याले अहिले चलचित्रका लागि आफ्नो मूल्य बढाएकी छिन् । उनी अहिले तेलुगु फिल्म सैलजा रेड्डी अलुडुको छायांकनमा व्यस्त छिन् ।

उनले एक दिनको छायांकनका लागि ६ लाख भारु तलब लिने गरेकी छिन् । उनको चलचित्रको छायांकन करिब २५ दिनसम्म चल्ने बताइएको छ । जसका उनले साढे एक करोड रुपैयाँ भारु लिने छिन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob