Main News
-
Main Newsप्रतिबन्धित लागुऔषधसहित कारोबारी पक्राउ
-
Main Newsसीमा अपराध रोक्न संयुक्त गस्ती
-
Main Newsठगी आरोपमा राप्रपा नेता पक्राउ
-
Main Newsवषौँँदेखि गाडी थन्किए
-
Main Newsयोजना आयोगको उपाध्यक्षमा डा. कँडेल

वीरगञ्ज, ११ वैशाख । दाइजो प्रथा जस्तो कुप्रथाले वर्षेनी महिलाहरुले ज्यान गुमाउनु परेको छ । सरकारले दाइजो लिने र दिने दुवै कानुनी अपराध भएको घोषण गरेपनि दाइजो प्रथाले जड जाडेको नेपालमा सजिलै हट्ने देखिँदैन । दाइजो कुप्रथाकै पछिल्लो शिकार बनेकी छिन् पर्साकी १८ वर्षीया एक युवती । दाइजोकै कारण उनको हुन लागेको विवाह भाँडियो र अन्नतः उनले आत्महत्या गर्न पुगेकी छिन् । उसोतः पोष्टमार्टम रिपोर्टले आत्महत्या भएको पुष्टि गरेको छ । तर, युवतीलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका–८ निवासी जयनारायणका छोरा २१ बर्षीय शिव दयाल र वीरगञ्ज महानगरपालिका–२३ का दिनदयाल साह तेलीको छोरी १८ वर्षीया रविताकुमारीबीच विवाहको कुरा छिनिएको थियो । यही बैशाख १४ गते विवाह गर्ने तय भएको भएपनि केटा पक्षले फोनमार्फत थप दाइजो माग गरे । विहेको कुरा छिन्दा नै केही दाइजो दिने सहमति भइसकेको थियो । रविता स्वयमले पनि फोनमा दिनदयालसँग कुरा गरिन् तर दिनदयालले दाइजो नपुगेको भनी ८० हजार थप...