समाचार
-
समाचारवषौँँदेखि गाडी थन्किए

पर्सा, ११ वैशाख । भारी परिमाणमा प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका एक कारोबारीलाई प्रहरीले मंगलबार पर्सामा सार्वजनिक गरेको छ । प्रहरीले वीरगन्ज महानगरपालिका–१६ स्थित नयाँ बसपार्कको बाइपास सडकखण्डबाट दुई हजार ७०० थान प्रतिबन्धित लागुऔषधसहित बाराको कोतवाली आदर्श गाउँपालिका–७ का मञ्जयकुमार यादवलाई पक्राउ गरेको हो । कलैयाबाट ना५ख ४१९० नंको बसमा लुकाई छिपाई काठमाडौँ लैजाने क्रममा उनलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक डाक्टर गणेश रेग्मीले बताए । कलैयाबाट वीरगञ्ज हुँदै काठमाडाैंसम्म चल्ने बसबाट मञ्जयले लागुऔषध ढुवानी गर्न लागेको प्राप्त सूचनाका आधारमा बसलाई चेकजाँच गर्दा १० पोकामा रहेको ९०० थान फेनारगन, ९०० थान नर्फिन र ९०० थान डाइजेल्याब नामक प्रतिबन्धित लागुऔषध बरामद भएपछि उनलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको उनले जानकारी दिए । प्रहरीले बरामद गरेको प्रतिबन्धित लागुऔषध भारतसँग जोडिने बाराको नाकाबाट मञ्जयले नेपाल भित्र्याएको अनुसन्धनबाट खुलेको प्रहरी उपरीक्षक रेग्मीले...