scheduleसोमवार कार्तिक ६ गते, २०७४

TAG

Tag: नेपालको पानी
    ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रममा दुई दिनमै ५७ करोडको प्रतिवद्धता
    ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रममा दुई दिनमै ५७ करोडको प्रतिवद्धता
    नेपालको पानी

    काठमाडौं, २६ पुस । ऊर्जा मन्त्रालयले सुरु गरेको नेपालको पानी जनताको लगानी कार्यक्रमका लागि दुई दिनमै ५७ करोडभन्दा बढीको लगानी प्रतिवद्धता प्राप्त भएको छ । अनलाइनमार्फत ऊर्जामा लगानीका लागि मागिएको प्रतिवद्धतामा दुई दिनमा ९ हजार १ सय ६५ जनाले प्रतिवद्धता जनाएका छन् । पहिलो दिन यो संख्या ३ हजार २ सय ६४ थियो । मंगलवार अपरान्ह ४ बजेसम्मको तथ्यांकअनुसार हालसम्म ६ वटा कम्‍पनीले अनलाइन प्रतिवद्धता जनाएका छन् । ६ वटा कम्पनीबाट २ करोड ४६ लाख २५ हजारको लगानी प्रतिवद्धता आएको ऊर्जा मन्त्रालयले जनाएको छ । कम्पनी र व्यक्तिगत तवरबाट कुल ५७ करोड ६४ लाख ९४ हजार ४ सय ८१ रुपैयाँको प्रतिवद्धता आएको हो ।  

    आजको लोकप्रिय

    Vianet
    NTC