scheduleबिहिवार श्रावण १२ गते, २०७४

TAG

Tag: बाल कल्याण समिति
    चार वर्षअघि हराएका परियारको उद्धार
    चार वर्षअघि हराएका परियारको उद्धार
    बाल कल्याण समिति

    रुकुम, २७ पुस । भारतको गोरखपुरबाट चार वर्षअघि हराएका रुकुमका एक किशोरलाई प्रहरीले उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ । आमाबुबाको साथमा भारत गएको बेला २०६९ सालमा हराएका खोलागाउँ–८ का १५ वर्षीय गोविन्द परियारलाई भारतीय प्रहरीको सहयोगमा उद्धार गरेर आफन्तको जिम्मा लगाएको हो । गत चैत १३ गते भारतीय प्रहरीले किशोरको उद्धार गरी नेपाल प्रहरीलाई बुझाएको भए पनि उनको वास्तविक ठेगाना थाहा नपाउँदा समस्या भएको थियो । नेपाल प्रहरीले किशोरलाई रुपन्देहीमा रहेको नेपाल अविनाश अनाथ आश्रममा राखेको थियो । जिल्ला बाल कल्याण समितिको समन्वयमा नेपालीलाई आज रुकुम पुर्‍याएर उनका कान्छाबुबा हीराबहादुर सार्कीको जिम्मा लगाएको बाल अधिकार अधिकृत मानवीर ओलीले जानकारी दिए । किशोरका आमाबुबा अहिले पनि भारतको गोरखपुरमा नै रहेको बताएको छ । रासस  

    आजको लोकप्रिय

    Vianet
    NTC