scheduleसोमवार आषाढ़ २९ गते, २०७७

सुशीलको रणनीतिले तनावमा ओली

पार्टीभित्र र बाहिरबाट घेराबन्दी

sushil-kpआफ्नै सरकार विरुद्ध पार्टीभित्र र बाहिरबाट घेराबन्दी भएपछि प्रधानमन्त्री सुशील कोइरालाले अहिले सहमतितर्फ कदम बढाउन थालेका छन् । माघ ५ गते संविधानसभा तोडफोड हुँदा समेत हेरेको हे-यै गर्ने र माघ ११ गते प्रश्नावली समिति बनाउँदा ताली पिट्ने प्रधानमन्त्री कोइरालाले अगाडि सारेको सहमतिको राजनीतिबारे कांग्रेसवृत्तमा चर्चा हुन थालेको छ ।

कांग्रेस स्रोतका अनुसार अहिले सरकार ढाल्ने खेल भित्र–भित्रै शुरु भएपछि कोइरालाले सहमतिका आधारमा संविधान बनाउने कुरा गरेका हुन् । कांग्रेस वरिष्ठ नेतालाई प्रधानमन्त्री बन्न विपक्षी र एमालेको माधव नेपाल समूहले उचालेको बताइन्छ ।

आफ्नो सरकार ढाल्ने योजना देखेपछि कोइरालाले सहमतिको कोर्ष अगाडि बढाउन थालेका हुन् । यस्तो कोर्षबाट आफूलाई धेरै ठाउँमा फाइदा पुग्ने कोइरालाको विश्लेषण छ । कांग्रेस स्रोतका अनुसार कोइरालाले सहमतिको कोर्ष अगाडि सार्नुको पछाडि सरकार भदौसम्म लम्ब्याउने, त्यसपछि महाधिवेशनबाट सभापति भएर भावी सत्तासाझेदारीमा आफ्नो भूमिका पुनः स्थापित गर्नुरहेको छ ।

त्यसबाहेक प्रधानमन्त्री कोइरालाले सहमतिको कुरा अगाडि सारेर सरकारप्रति नकारात्मक बन्दै गएका छिमेकीलाई खुसी पार्न चाहेका छन् । प्रधानमन्त्री सुशीलले सहमतिको खोजी गर्ने प्रयासकै रूपमा विपक्षी गठबन्धनका संयोजक प्रचण्डस“ग कहिले टेलिफोनमा त कहिले भेटेरै कुरा गरिरहेका छन् । दलहरूबीच औपचारिक संवाद त भएको छैन, तैपनि कोइरालाले आफ्नो भूमिका भने देखाएका छन् । उनले दुईपटक वार्ताका लागि आह्वान गरे भने तीन–चार पटक प्रचण्डलाई भेटेर सहमतिमा आउन आग्रह गरेका छन् ।

आफ्नो सहयोगीलाई भदौमा हुने महाधिवेशनमा केन्द्रित गरेर कोइराला आफू सहमतिको कोर्षमा अगाडि बढेका छन् । यद्यपि, एमालेकै कारण उनको प्रयासले सार्थक रूप लिएको छैन । एमालेले सरकार छाड्ने चेतावनी दिएर कोइरालामाथि दबाब दिन खोजेको छ । ओलीलाई प्रधानमन्त्री बनाउन सकिन्छ भनेर कांग्रेससँग गठबन्धन गरेको एमाले अहिले झस्किएको छ ।

एमालेले कोइरालाले तत्काल सरकार पनि नछाड्ने, संविधान पनि प्रक्रियाबाट नबनाउने भएपछि ओलीको प्रधानमन्त्रीको कुर्सी अनिश्चित भएको निष्कर्ष निकालेको छ । यसैका आधारमा एमालेले प्रधानमन्त्रीलाई सरकार छाड्ने चेतावनी दिएको बालुवाटार स्रोत बताउँछ ।

ओलीलाई प्रधानमन्त्री बनाउनुहुँदैन भन्नेमा एमालेकै माधव नेपाल समूह लागेको छ । उता देउवाले उपयुक्त समय आए प्रधानमन्त्री बन्ने नत्र पार्टी सभापति नै हुने दाउ हेरेर बसेका छन् । कांग्रेसको महाधिवेशन र एमालेको आन्तरिक विवादले ओली प्रधानमन्त्री बन्न नसक्ने ठाउँमा पुगेका छन् ।

आफू प्रधानमन्त्री नभए अर्को समीकरण बनाउनुपर्नेमा एमालेको ओली समूहमा छलफल भएको बुझिएको छ । काठमाडौंमा विपक्षी गठबन्धनले गरेको शक्तिप्रदर्शनपछि प्रधानमन्त्री कोइराला अब सहमतिको विकल्प नरहेको भन्दै हिंडेका छन् । बाबुराम भट्टराईको दिल्ली भ्रमणले त कोइराला र ओली दुवै तनावमा छन् । जनआह्वान साप्ताहिकमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

आजको लोकप्रिय