scheduleमगलवार आषाढ़ ३० गते, २०७७

विमानस्थल शनिबार बिहान खुल्ने

हजारौं यात्रु अलपत्र

बुधबार बिहानबाट ठप्प नेपालको अन्तराष्ट्रिय उडान तथा अवतरण शनिबार बिहान १० बजेसम्म नखुल्ने भएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल टर्किस एयरलाइन्सको विमान धावनमार्ग अवरुद्ध हुने गरी दुर्घटना भएको तीन दिनसम्म पनि खुल्न नसकेको हो ।

विमान हटाउन भारतबाट आएका विशेषज्ञहरु प्रयासरत छन् । लामो समयदेखि अन्तराष्ट्रिय उडान तथा अवतरण बन्द हुँदा हजारौं यात्रु प्रत्यक्ष मारमा परेका छन् ।

नेपाल नागरिक उड्ययन प्राधिकरणले विमानस्थल बन्द हुने समय पटक-पटक समय थप्दै गएपछि यात्रुहरु अलपत्र परेका छन् । विमान स्थल शनिबार १० बजेसम्म पनि खुल्ने निश्चित नभएको बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय