scheduleसोमवार आषाढ़ २९ गते, २०७७

‘नेपाली तारा ३’को उपाधिमा प्रतापको कब्जा

pratap lama काठमाडौं, २२ फागुन । ‘नेपाली तारा ३’ को उपाधि प्रताप लामाले चुमेका छन् । अन्तिम दुई जना प्रतिष्पर्धीलाई उछिनेर ‘नेपाली तारा ३’ प्रताप लामा भएका हुन् ।

शुक्रबार भद्रकाली, काठमाडौँ स्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न ‘नेपाली तारा ३’ को फाइनल समारोहमा उपाधि भिडन्तका लागि छानिएका सुरेश लामा, प्रताप लामा र देबेस राई मध्ये प्रतापले बाजी मारेका हुन् । देबेस दोस्रो र सुरेश तेस्रो भए ।

लामाले एउटा बजाज डिस्कोभर मोटरसाइकल लगायत २,५०,००० नगद पुरस्कार र कोका–कोला नेपाली ताराको रुपमा ३ वटा गीत गाउने अवसर पाउनेछन् । उनको ती गीतको ३ वटा म्युजिक भिडियो बनाइने आयोजकले जानकारी दिएको छ ।

भदौ १७ देखि धरानबाट सुरु भइ नारायणगढ, बुटवल, पोखरा, भक्तपुर हुँदै राजधानी काठमाडौँसम्म विभिन्न चरणमा गरी अन्तिम तीन जना प्रतिष्पर्धी छानिएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय