scheduleबुधवार कार्तिक ५ गते, २०७७

अमूर्त वार्तामा बस्नुको औचित्य छैन –डा.भट्टराई

‘नागरिक समाजलाई पनि वार्तामा राख्नुपर्छ’

baburam-bhattarai-300x225गोरखा, ५ चैत्र । एमाओवादी वरिष्ट नेता डा.बाबुराम भट्टराईले अमूर्त वार्तामा बस्नुको कुनै औचित्य नहुने बताएका छन् । बिहीबार अगुवा कार्यकर्ता प्रशिक्षणका लागि गोरखा पुगेका उनले सञ्चारकर्मीसँग भने, ‘वार्ताले विपक्षीको आन्दोलनमा चिसो पानी खन्याउने काम मात्र गर्यो ।’

उनले सत्ता पक्षसँग अहिले जारी वार्तालाई मजाक र प्रहसनमा मात्रै सिमित भएको बताए । उनले एमाओवादी सार्थक वार्ताको पक्षको रहेको र विपक्षीले वार्तालाई मजाकको बिषय बनाएकोले गतिरोध अन्त्य हुन नसकेको दावी गरे ।

‘सत्ता पक्षले बिना प्रस्ताव वार्ता गरेर जालमा पार्न खोज्यो । वार्ता भनेर जनतालाई भ्रममा पार्ने काम भइरहेको छ, उनले स्पष्ट पारे ।

भट्टराईले वार्तामा नेताहरुको भीडले पनि असहजता थपेको भन्दै पार्टीको म्यान्डेट लिएका निश्चित व्यक्तिको बीचमा छलफल भए सहमति हुने सम्भावना बढ्ने बताए । उनले भने, ‘एउटै पार्टीबाट १०/१० जना आउँछन् । १० वटा कुरा गरेर वार्ता भाँड्छन् ।’

नेता भट्टराईले वार्तामा नागरिक समाजका निष्पक्ष र तटस्थ व्यक्तिहरुलाई पनि राख्नुपर्ने उनको सुझाव दिए । उनले कांग्रेस एमाले जबरजस्ती तानिएर संविधानसभामा आएको उनले आरोप जिकिर गरे ।

नेता भट्टराईले कांग्रेस एमालेले पहिला पनि उनीहरुको चाहना विपरित जबरजस्ती संविधानसभामा आएको भन्दै  संविधान निर्माणलाई तन्काएर संविधानसभा तुहाउने षडयन्त्रमा उनीहरु लागेको आशंका व्यक्त गरे ।  उनले अगाडि भने, ‘सहमति नहुनुको दोष एमाओवादी र मधेसवादीलाई लगाइएको छ । स्वतन्त्र र तटस्थ व्यक्तिलाई वार्तामा राखे कसले वार्ता भाँडेको हो भन्ने थाहा हुन्छु ।’

कोइरालाले सधैं भन्ने गरेको विन विनको अर्थ अस्पष्ट भएको भन्दै नेता भट्टराईले भने, ‘उहाँ विन विन मात्रै भन्नुहुन्छ । के भन्न खोजेको हो प्रस्ट पार्नुपर्यो ।’ ओलीको व्यंग्य वाण र मानमर्दनले पिन वार्ता प्रभावित भएको नेता भट्टराईको टिप्पणी थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay