scheduleमगलवार आषाढ़ ३० गते, २०७७

दुई करोडले पछ्याए अमिताभलाई

amitabh-bachchanमुम्बई । बलीउडका महानायक अमिताभ बच्चनको फेसबुकमा फलोअर्सको संख्या अब दुई करोड नाघेको छ । अमिताभ सामाजिक सञ्जालमा धेरै नै सक्रिय रहन्छन् र नियमितरुपमा आफ्नो प्रशंसकहरुलाई ट्विटर, फेसबुक र ब्लगसँग एकाकार भइरहन्छन् ।

बच्चनले आफ्नो ब्लगमा लेखेका छन्, ‘हजुर, अब फेसबुकमा दुई करोड मानिसहरु जोडिएका छन् र यदि यहाँहरुको स्नेह मलाई मिल्दैनथ्यो भने यो कहिल्यै सम्भव हुँदैनथ्यो । यहाँहरु सबैलाई धन्यवाद । अब मसँग एक अर्को किर्तिमान छ ।’

ट्विटरमा अमिताभको फलोअर्सको संख्या एक करोड ३७ लाख आसपास रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय