scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

बाख्रा रक्सी पिएर नशामा टिल्ल भएपछि….

goatअहमदाबाद । मान्छेले रक्सी पिएर विभिन्न असमाजिक हर्कत गर्ने गरेको घटना त प्रशस्तै घटिरहन्छन् । तर बाखाहरु नै रक्सीले टिल्ल भएर हिडेको कतै सुन्नु भएको छ ?

यस्तै भएको छ भारतको मेहसाणा जिल्लाको खेरालू शहरमा । त्यहाँ केही बाख्राहरुले रक्सी पिएर टिल्ल हुँदै बाहिर निस्किएका हुन् ।

घटना पनि अचम्मको छ । प्रहरी गाउँ पस्यो । गाउँबाट जफत गरेको रक्सी एउटा खुला मैदानमा नष्ट गरे प्रहरीले । मैदानमा त नदीको पोखरी नै बनेछ ।

एक प्रहरी निरिक्षकले भने, ‘एक स्थानीयको बाख्राले उक्त रक्सी पिएछन् । ती बाख्राहरु नशामा लठ्ठ भएछन् ।’ उनले बाख्राले रक्सी रक्सी स्वादिलो मानेर पिएको हुनसक्ने बताए । केही बाख्रा त धेरै रक्सी पिएर बेहोस् नै भएका थिए ।

बाख्राहरु कोही नशामा छन् । कोही ढलेका छन् । स्थानीय अचम्ममा परेका थिए । घटनाको १२–१४ घन्टापछि सबै बाख्रालाई होस आएको बताइएको छ । बाख्रालाई रक्सीको नशाबाट ब्यूँताउन दही, दूध खुवाइएको थियो । बाख्राले केही हंगामा नगरुन् भनेर बाँधिएको थियो । एजेन्सी

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage