scheduleबिहिवार आश्विन ३० गते, २०७६

यी हुन् भारतले हार्दा खुसी मनाउने भारतीय सेलिब्रेटी

Ramgopal Varmaकाठमाडौं, १३ चैत । सेमीफाइनलमा अष्ट्रेलियासँग लज्जास्पद् पराजय ब्यहोर्दै भारत उपाधि होडबाटै बाहिरिएपछि भारतीय समर्थहरु निकै निरास छन् । भारतका कतिपय स्थानमा तोडफोड र विरोध प्रदर्शन भएको छ भने, घर–घरमा टिभी फोडिएका छन् ।

यस्तै भिडमा एक यस्ता व्यक्ति भेटिए जो भारतको हारमा दुःखी हुनुको साटो खुसी व्यक्त गर्दै थिए । उनी कुनै मामुली व्यक्ति पनि होइनन्, बलीउडका जानेमाने सेलिब्रेटी ।

बलिउडका चर्चित निर्देशक रामगोपाल बर्माले भारत हारेकोमा ट्वीटमार्फत खुसी बाँढेका हुन् । उनले लेखेका छन्, ‘भारतको हारमा म निकै खुसी छु, किन भने म क्रिकेटलाई घृणा गर्छु । अझै दुनियाँमा मैले क्रिकेटभन्दा बढी घृणा गर्ने केही चिज छ भने, त्यो क्रिकेट समर्थकहरु हो ।’

बर्माले त्यसपछि अर्को ट्वीट गर्दै क्रिकेटलाई घृणा गर्नुको कारण खुलाएका छन्, ‘म क्रिकेटलाई घृणा गर्छु, किनकी मलाई मेरो देशको खुबै माया लाग्छ । भारतमा मानिसहरु क्रिकेटका लागि आफ्नो सारा काम छोडिदिन्छन्, जसका कारण देशलाई अर्बौं घाटा भइरहेको छ ।


तर बर्माले यस्तो विवादास्पद् ट्वीट गरेको यो पहिलो पटक भने होइन । उनले यसअघि बलिउडका विग बी अमिताभ बच्चनलाई गाली गर्दै ट्वीट गरेका थिए ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage