scheduleआइतवार आश्विन २६ गते, २०७६
Dashaian

आईसीसीको नजरमा अमेरिकामात्रै उदाउँदो क्रिकेट टिम !

सिड्नी, १३ चैत । आईसीसीका मुख्य कार्यकारी अधिकृत डेभिड रिचर्ड्सनले मौजुदा सदस्यहरुको भरमा क्रिकेटलाई विश्वब्यापी बनाउन नसकिने भन्दै अमेरिकी क्रिकेटलाई विशेष चासो दिनुपर्ने बताएका छन् ।

dave_richardson
रिचर्ड्सनले बिहीबार सिड्नी क्रिकेट ग्राउण्डमा भएको विश्वकप सेमीफाइनल पछि भने, ‘अमेरिका एक यस्तो देशको उदाहरण हो, जोसँग काफी क्षमता छ । अमेरिकामा जिम्बाबेका धेरै खेलाडीले क्रिकेट खेलिरहेका छन् । यो न्युजिल्याण्डमा खेलिरहेका खेलाढीहरुसँग धेरै नजिक छ ।’
साथै उनले क्रिकेटमा अमेरिका छिट्टै अघि आउने विश्वास व्यक्त गरे । उनले भने, ‘यदि युएई विश्वकपका लागि क्वालीफाई हुनसक्छ भने अमेरिका किन सक्दैन ? आगामी केही वर्षमा यसतर्फ हाम्रो नजर हुनुपर्छ ।’
तर उनको यो भनाईलाई अमेरिकाको पछिल्लो प्रदर्शनले पुष्टि गर्दैन । नेपाल च्याम्पियन बन्दा ‘डिभिजन थ्री’बाट अघि बढ्न नसकेको अमेरिका भन्दा अघि धेरै सम्भावित देशहरु छन्, जसलाई आर्ईसीसीले उपेक्षा गरेको उनको भनाइले संकेत गर्छ ।
रिचर्डसनले अघि भने, ‘मलाई लाग्छ, हाम्रो बोर्डको रणनीतिमा थोरै बदलाव आएको छ । हामीले क्रिकेटका सदस्य राष्ट्रहरुलाई ४४ बाट बढाएर १ सय ६ बनाउन प्रयास गरिरहेका छौं । क्रिकेट विस्तारको कुरा गर्दै गर्दा कतै हामी आफैं कमजोर त हुँदै छैनौँ, भन्नेतर्फ पनि सोच्नु पर्छ । हामीसँग टेष्ट राष्ट्र छन् । त्यसमा जिम्बावे एक हो, सायद वेस्टइण्डिजमा पनि हामी सतर्क रहनुपर्छ, कतै उनीहरु पछि छोडिने त होइनन् ?’

साथै उनले इंग्ल्याण्ड विश्वकप २०१९ मा १० वटा टिमलाईमात्रै सहभागी गराउने निर्णयको पनि बचाउ गरेका छन् ।

दक्षिण अफ्रिकाका पूर्वविकेटकिपर ब्याट्सम्यान समेत रहेका रिचर्डसनको भनाईप्रति आयरल्याण्डका ब्याट्सम्यान एड जोयसले भने आपत्ति जनाएका छन् ।

 

विश्वकपमा टेष्ट मान्यताप्राप्त वेस्ट इण्डिज र जिम्बावेलाई हराएको आईरिस टोलीका सदस्यसमेत रहेका जोयसले ट्वीट गरेका छन्, ‘आफैंलाई कमजोर नगरौं ? यही रबैयाले क्रिकेटलाई विश्वव्यापी बनाउला ! रगत उम्लिरहेको छ ।’

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage