scheduleआइतवार आश्विन २६ गते, २०७६
Dashaian

ह्याडिनले किवीहरु एमसिजीको आकार देखेरै तर्सिन्छन् भन्दा ट्वीटरमा वार !

मेलवर्न, १३ चैत । अष्ट्रेलियाका पूर्वओपनर म्याथ्यू ह्याडिनले विश्वकप फाइनल हुने मेलवर्न क्रिकेट ग्राउण्डको आकारलाई लिएर न्यूजिल्याण्डका ब्याट्सम्यानहरुप्रति गरेको कटाक्षबाट न्युजिल्याण्डका समर्थकहरु भड्किएका छन् ।
mathew-haydenएक वेबसाईटमा प्रकाशित कोलुममा उनले लेखेका थिए, ‘किवी खेलाडीहरु एमसिजीको ठूलो आकार देखेरै भयवित हुनेछन् । न्यूजिल्याण्डले यसअघिका आठवटै खेल जितेर फाइनलमा प्रवेश गर्यो । तर, ती सबै खेल छोटा बाउण्ड्रीमा भएको थियो । किवीहरुले सेमीफाइनलमा खुबै छक्का लगाएको देखियो । तर, एमसिजीमा त्यस्ता प्रहार त मैदानको तीन चौंथाई भागमै क्याच हुनेछन् ।’
ह्याडिनले अघि लेखेका छन्, ‘इमान्दारीपूर्वक हेर्ने हो भने, अकल्याण्डको इडेन पार्क मैदानको आकार बेवकूफ छ । यसलाई क्रिकेट ग्राउण्ड नै नभन्दा हुन्छ । यसमा मैदानको एक कुनाबाट अर्को कुनामा थ्रो गरेरै बल पुर्याउन सकिन्छ ।’
ह्याडिनको यस्तो अभिव्यक्तिपछि न्युजिल्याण्डका समर्थकहरले ट्वीटरमा ‘एमसिजीसोबिग’ ट्रेण्ड क्रिएट गरेर ह्याडिङको चर्को आलोचना गरिरहेका छन् ।
ती मध्ये केही प्रमुख कमेन्ट यस प्रकार छन् ।
– एमसिजी यति ठूलो छ कि खेलाडीहरुलाई क्रिजमा पुग्नसमेत बीचमै विश्राम लिनुपर्छ ।
– एमसिजी यति ठूलो छ कि डेविड बून एक कुनाबाट अर्को कुनामा पुग्दा ५२ बोत्तल वियर पिएर भ्याउँछन् ।
– एमसिजी यति ठूलो छ कि कप्तानलाई फिल्ड सेट गर्न पनि जीपीएस प्रणालीको जरुरत पर्छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage