scheduleआइतवार आश्विन २६ गते, २०७६
Dashaian

नेपालसँगको खेल हेर्न क्रिकेट अष्ट्रेलियाका अध्यक्ष पनि आउने

काठमाडौं, १३ चैत । क्रिकेट बलले लागेर निधन भएका क्रिकेटर फिलिप ह्यूजको सम्झनामा यही चैत २८ गते काठमाडौंमा नेपाल र अष्ट्रलियन टिमबीच हुने मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता हेर्न क्रिकेट अष्ट्रेलियाका अध्यक्ष वली एडवर्ड्स नेपाल आउने भएका छन् ।

Wally Edwards

नेपाल क्रिकेट संघ क्यान स्रोतका अनुसार एडवर्ड्सले नेपाली पक्षको निम्तो स्वीकारेका हुन् । उनीसँगै आईसीसीका ग्लोवल डिभिजन निर्देशक टिम एण्डर्सन पनि नेपाल आउने पक्का भएको छ ।

यद्यपी खेलाडीहरु को–को सहभागी हुने भन्ने पक्का भइसकेको छैन । विश्वकप सकिएपनि राष्ट्रिय टिमका अधिकांश सदस्यहरु इण्डियन प्रिमियर लिग (आईपील) मा सहभागी हुने भएकाले उनीहरुको नेपाल आउने सम्भावना कम छ । यद्यपी विग बास टिम सिड्नी थन्डरका रायन कार्टर भने नेपाल आउने पक्का भएको जनाइएको छ ।

ह्युजको सम्झनामा मैत्रीपूर्ण खेल खेलाउने क्यानको प्रस्ताव स्वीकारेर अष्ट्रेलियन टोली नेपाल आउन लागेको हो । ६३ रनमा नटआउट रहेको अवस्थामा सिन एबट्को बाउन्सरले लागेर मृत्यु भएका ह्यूजको सम्झनामा ६३ ओभरकै खेल खेलाउन लागिएको हो ।

साथै ह्यूजले प्रयोग गर्ने ब्याटसहितका क्रिकेट किड्ससमेत सगरमाथामा लगिँदैछ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage