scheduleआइतवार आश्विन २६ गते, २०७६
Dashaian

अघिल्लो फाइनलसँग अचम्मको संयोग, घरमै रहला त ट्रफी ?

The-Cricket-World-Cup-trophyकाठमाडौं, १४ चैत । विश्वकप २०१५ को फाइनल भिडन्त आइतबार अष्ट्रेलियाको मेलवर्नमा हुँदैछ । दर्शक क्षमताको हिसावले विश्वकै ठूलो र ऐतिहासिक मानिने यस मैदानमा घरेलु टिम अष्ट्रेलियाले छिमेकी न्युजिल्याण्डसँग उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ ।

विश्व क्रिकेटको महाकुम्भको पूर्वसन्ध्यामा उपाधि कसले जित्ला भन्ने विषयमा विभिन्न अड्कलबाजी जारी छ । अझ रोचक कुरा त के भने अघिल्लो पटकको फाइनल र यसपटकमा केही अचम्मका संयोग जुरेका छन् ।

१. घरेलु टिम फाइनलमा
२०११ अप्रिल २ का दिन मुम्बईको वानखाडे मैदानमा भएको फाइनल भिडन्तलाई बिर्साउने गरी यस पटक मेलवर्नमा अर्को घरेलु टोली अष्ट्रेलिया उपाधि रेसमा छ । यो एउटा संयोग हो । अघिल्लो पटक घरेलु टोलीले नै उपाधि जितेको थियो, यस पटक के होला त्यो त आइतबार साँझ नै थाहा हुनेछ ।

२. छिमेकीसँगको भिडन्त
दोस्रो संयोग विश्वकप फाइनलमा छिमेकी टोलीबीचको भिडन्त हो । अघिल्लो पटक भारत र छिमेकी श्रीलंका उपाधिका लागि भिडेका थिए । जसमा घरेलु टोलीले बाजी मा¥यो । यस पटक अष्ट्रेलियाले उसको छिमेकी न्युजिल्याण्डसँग उपाधिका लागि प्रतिस्पर्धा गर्दै छ ।

३. समग्रमा प्रदर्शन पनि उस्तै
अझै अचम्मको संयोग त के भने अघिल्लो पटक भारत र यस पटक अष्ट्रेलियाको प्रदर्शन ठ्याक्कै उस्तै छ । अघिल्लो पटकको विजेता भारतले समूह चरणमा १ खेल हारेको थियो भने, १ खेलमा अंक बाँढ्यो । तर, अन्ततः फाइनलमा उपाधि जित्न सफल भयो । भारत अघिल्लो पटक समूह चरणमा दक्षिण अफ्रिकासँग पराजित हुँदा इंग्ल्याण्डसँग अंक बाँढेको थियो ।
यसपटक अष्ट्रेलियाको समूह चरणको यात्रा ढ्याक्कै उस्तै रह्यो । न्युजिल्याण्डसँग पराजित भएको अष्ट्रेलियाले बंगलादेशसँग अंक बाँढेको थियो । तर, उपाधि घरमै रहने अर्को संयोग जुर्ला वा नजुर्ला त्यो भने हेर्न बाँकी नै छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage