scheduleआइतवार आश्विन २६ गते, २०७६
Dashaian

‘क्या हुआ तेरा मौका ?’ भन्दै बंगलादेश र पाकिस्तानबाट फोन आएपछि बीसीसीआई हैरान

Mauka-Mauka
काठमाडौं, १४ चैत । विश्वकप २०१५ को सेमीफाइनलमा अष्ट्रेलियासँग लज्जास्पद् पराजय भोग्दै घर फर्किएको भारतीय क्रिकेट टिम र उसका समर्थकहरु निकै निरास छन् । यस्तै चिन्तामा डुबेको भारतीय क्रिकेट बोर्ड बीसीसीआईलाई भने अहिले अर्को हैरानी थपिएको छ ।

भारत सेमीफाइनल मै रोकिएपछि पाकिस्तान र बंगलादेशबाट सयौंले बीसीसीआईमा सिधै फोन गरेर मजाक उडाउन थालेका छन् ।

यसक्रममा शुक्रबारमात्रै २ सय भन्दा बढीले फोन गरेर ‘मौका–मौका’ भन्ने विज्ञापनलाई लक्षित गर्दै बीसीसीआईको खुब मजाक उडाए । हदै भएपछि फोन लाईन नै डिसकनेक्ट गर्नु परेको चर्चित भारतीय अनलाईन दैनिक भाष्करमा खबर छ ।
अधिकांशले फोनमा भने, ‘मौका–मौका, क्या हुआ मौकेका ?’

स्मरण रहोस् मौका–मौका भन्ने विज्ञापन भारतले यसपटक पुनः विश्वकप जित्ने मौका रहेको भन्दै स्टार स्पोर्टस्ले तयार पारेको थियो । विश्वकपमा भारतको पहिलो खेल चीरप्रतिद्वन्द्वी पाकिस्तानसँग थियो ।

मौकावाला पहिलो विज्ञापन यसैमा केन्द्रित थियो । यस विज्ञापनमा एक पाकिस्तानी फ्यान आफ्नो हातमा पटकाले भरिएको कार्टुन लिएर पाकिस्तान कहिले जित्ला र पटका पड्काउने मौका आउला भन्दै कुरिरहेको हुन्छ ।

विज्ञापनमा अघि देखाइएको छ, उसको यो सपना यसपटक पनि पूरा हुँदैन र ऊ पर्खाइमै बुढो हुन्छ । यस्तो विज्ञापन भारतले खेल्ने सबै टोलीलाई लक्षित गरी बनाइएको थियो ।
अति भएपछि फोन नै डिसकनेक्ट !
बीसीसीआईका एक कर्मचारीले सो विज्ञापनलाई लिएर यतिसम्मको हर्कत हुन्छ भन्ने आफूहरुले सोच्दै नसोचेको बताए । निरन्तर यस्ता फोन आएपछि कर्मचारीहरु हैरान भएर फोन लाइन नै डिसकनेक्ट गर्नु परेको थियो ।

अति भएपछि बीसीसीआईले ती कलहरु कहाँबाट आएको थियो भनेर जानकारी माग्यो । तब थाहा भयो, अधिकांश कल बंगलादेश र पाकिस्तानबाट थियो । भारतीय टिमको पराजयमा खिल्ली उडाउँदै बीसीसीआईमा यति धेरै कल आएको यो पहिलो पटक भएको बताइएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage