scheduleबुधवार भाद्र ४ गते, २०७६

भारतीय कम्पनीमा महिला निर्देशक !

Nita ambaniनयाँ दिल्ली, १३ चैत । भारतीय कम्पनी आफ्नो सञ्चालक समितिमा महिला निर्देशक नियुक्त गर्नुपर्ने प्रावधान पूरा गर्ने अन्तिम मितिसम्मको चटारोमा रहेका छन् भने केही धनी व्यापार मालिकले आफ्नै श्रीमतीलाई यस्तो पदमा नियुक्त गरी यस कानुनी प्रावधानको मनसाय पुरा नगरे पनि शब्द पुरा गर्ने समाधान प्राप्त गरेका छन् ।

भारतको बजार नियमक संस्था ‘सेक्युरिटिज एण्ड एक्चेन्ज बोर्ड अफ इन्डिया’ (सेबी) ले सेयर बजारमा सूचिकृत सबै कम्पनीलाई अप्रिल १ सम्म कम्तीमा एक महिला निर्देशक नियुक्त गर्न अन्तिम मिति तोकेको थियो । सेबीले उक्त आदेश सन् २०१४ को फेब्रुअरीमा दिएको थियो र त्यसको १२ महिनामा हजारौँ कम्पनीमध्ये केबल ५८० ले मात्र महिलालाई संचालक समितिमा नियुक्त गरेको स्थानीय सञ्चारले जानकारी दिएका छन् । यसरी नियुक्त भएका महिलामा ८० भन्दा बढी मालिकका परिवारका सदस्य भएको देखिएको छ ।

कानुनको शब्दलाई पालना गर्ने उदाहरण देखाउनेमा भारतको सबैभन्दा धनी व्यक्ति नै परेका छन् । पेट्रोकेमिकल देखि दूरसञ्चारसम्मका बृहत्कम्पनी सञ्चालन गर्ने रिलायन्स इन्डिस्ट्रिजका सञ्चालक भारतीय दोस्रा धनी व्यक्तित्व मुकेश अम्बानीले आफ्नी श्रीमती निता अम्बानीलाई कम्पनीको सञ्चालक समितिमा नियुक्त गरेका छन् ।

उद्योगपति गौतम सिङ्घानीले आफ्नी श्रीमती नवाज सिङ्घानीलाई आफ्नो कम्पनी रेमन्ड ग्रुपका गैरकार्यकारी निर्देशकको रूपमा नियुक्त गरेका छन् । यो विश्वको सबैभन्दा ठूला टेक्सटाइल उद्योगमध्ये एक हो । यी दुबै महिलासँग व्यापारमा अनुभव छ तर ती अनुभव यी ठूला कम्पनी सञ्चालन गर्न उपयोग भएका छैनन् ।

विश्वव्यापी रूपमा महिला उच्च व्यवस्थापनका पद तथा व्यवसायिक संस्थाका सञ्चालक समितिमा पुरुषको तुलनामा निकै मात्रामा पुगेको देखिएको छ । यो अवस्था एसियामा अझै डरलाग्दो देखिएको छ । चीनमा व्यापारिक संस्थाको संचालक समितिमा महिलाले आठ प्रतिशत स्थान ओगटेका छन् । जापानमा यो प्रतिशत दुई देखिएको छ भने दक्षिण कोरियामा यो सङ्ख्या एक देखिएको छ । भारतमा यस्ता संचालक समितिका सदस्यमा पाँच प्रतिशत महिला देखिएका छन् ।

सेयर बजारमा सूचिबद्ध कम्पनी प्राइम डेटाबेसका व्यवस्थापन निर्देशक प्रणव हल्दियाले जतिसुकै कानुन बने पनि सुशासनका लागि प्रवर्धक तथा कम्पनीका व्यवस्थापकले नचाहेसम्म कानुनको भावना नभइ शब्द पालिना गरिने अनेकौँ उपाय हुने बताए ।

भारतमा शेयर बजारमा नौ हजार कम्पनी सूचिवद्ध छन् । बम्बै स्टक एक्सचेन्ज भारतको सबैभन्दा ठूलो सेयर बजार हो । यसका सदस्य कम्पनीको सङ्ख्या चार हजार २०० रहेको छ । बाँकी कम्पनी एनएसई तथा अन्य साना क्षेत्रीय सेयर बजारमा विभाजित छन् ।

विशेषज्ञले महिलालाई नियुक्त गर्ने व्यवस्थाको मनसाय सञ्चालक समितिमा विविधता ल्याउनु रहेको बताएका छन् । उनीहरूले कम्पनीका शक्तिशाली व्यक्तिका नातेदार वा नजिकका व्यक्तिलाई कम्पनीको सञ्चालक समितिमा ल्याउँदा त्यहाँ स्वस्थ्य छलफल नहुने र उनीहरूले शक्तिशाली व्यक्तिलाई चुनौती दिननसक्ने बताएका छन् ।

अन्य विशेषज्ञले परिवारका सदस्यलाई सञ्चालक समितिको सदस्यमा नियुक्त गर्ने कार्यलाई नकारात्मक रूपमा लिइनु नपर्ने धारणा व्यक्त गरेका छन् ।

भारतमा कार्यस्थलमा महिलाका लागि अवसर विस्तार गर्ने कुरामा काम गर्ने क्याटलिस्ट इन्डिया डब्लुआरसीका कार्यकारी निर्देशक सची इर्द महिलामा आवश्यक योग्यता भएसम्म परिवारका सदस्य महिलालाई सञ्चालक समितिमा नियुक्त गरिनु हुन्न भन्ने कुनै कारण नभएको बताईन् ।

बजार नियमकले आरम्भमा यी कम्पनीलाई सञ्चालक समितिमा महिलाको सहभागिता बढाउने आवश्यकता पूरा गर्न आठ महिनाको समय तोकेको थियो । कम्पनीहरूले थप समय मागेपछि यो समयसीमा अप्रिल महिनासम्म बढाइएको छ ।

गत साता यस नियमक संस्थाले अप्रिलको अन्तिम समय विस्तार नहुने र यस अवधिमा उक्त निर्देशन पालना नगर्ने कम्पनीमाथि सेबी तथा सेयर बजारले कडा नियमक कारवाही गर्ने जानकारी दिएको छ ।

सेबीका प्रमुख उपेन्द्र कुमार सिन्हाले यसको नतिजा कानुनअनुसार हुने र निकै गम्भीर हुने बताउनुभयो । उहाँले कस्तो प्रकारको दण्डको व्यवस्था हुने भन्ने विषयमा जानकारी दिए ।

उनले भारतमा सूचिबद्ध नौ हजार कम्पनीले आफ्नो सञ्चालक समितिमा सहभागी हुन सक्षम एक पनि महिला फेला पार्न नसक्नु लज्जजनक अवस्था भएको बताए ।

गत साता संसदमा अर्थ सहायकमन्त्री जयन्त सिन्हाले सांसदहरूलाई मार्चको अन्त्यसम्म यो कानुन पालना गर्ने कम्पनीको नाम थाहा भएपछि सेबीले आवश्यक कारवाही गर्ने बताए ।

यस साता कम्पनीहरू आफ्नो सञ्चालक समितिमा महिला सदस्यको नाम तोक्ने चटारोमा रहेका छन् । करिब ६० कम्पनी र भारतका प्रमुख ठूला कम्पनीले गत केही दिनमा आफ्नो सञ्चालक समितिमा महिला सदस्यको नाम घोषणा गरेका थिए ।

टाटा इन्टरनेसनलले वेदिका भन्डारकरलाई मङ्गलबार गैरकार्यकारी स्वतन्त्र निर्देशकको रूपमा नियुक्त गरेको थियो । बजाजले व्यापार सम्बन्धी इतिहासविद् गीता परामललाई गत साता आफ्नो सञ्चालक समितिमा नियुक्त गरेको थियो । गत साता टाटाको सूचना प्रविधि संस्था टाटा कन्सल्टेन्सी सर्भिसले आरती सुब्रमनियनलाई तीन वर्षका लागि कम्पनीको सञ्चालक समितिमा कार्यकारी निर्देशकको रूपमा नियुक्त गरेको थियो ।

बिहीबार अम्बानीको नेतृत्वमा रहेको आमसञ्चार कम्पनी नेटवर्क–१८ मा पूर्व विदेश सचिव निरूपमा रावलाई कम्पनीको सञ्चालक समितिमा स्वतन्त्र निर्देशकको रूपमा नियुक्त गरिएको थियो । यस कम्पनीले सीएनएन–आईबीएन तथा सीएनबीसी च्यानल सञ्चालन गर्छ ।

वित्तीय संस्था तथा बैङ्कमा वर्षौँसम्म अनुभव कमाएकी महिलाहरूले अनेकौँ कम्पनीको बोर्डमा स्थान बनाएका छन् ।

आवासीय वित्त प्रदायक एचडीएफसी लिमिटेडका व्यवस्थापन निर्देशक रेणु सुद कर्णाद अन्य आधा दर्जन प्रमुख कम्पनीको सञ्चालक समितिमा निर्देशक बनेकी छन् ।

अन्तिम समय आउन केही दिन मात्र बाँकी रहँदा एक हजार ४८० सदस्य रहेको नेसनल स्टक एक्सचेन्जका ३५० कम्पनीले अझै पनि सेबीको आवश्यकता पुरा गरेको छैन । अनेकौँ सरकारी कम्पनीले पनि यो प्रावधान पुरा गरेका छैनन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage