एयरपोर्टबाट सिधै आफ्नो घर लगिन अनुष्काले विराटलाई !
मुम्बई, १४ चैत । विश्वकपको सेमीफाइनलमा पराजित भएपछि भारतीय क्रिकेट टिम गएराती अबेर मुम्बई एयरपोर्टमा उत्रियो ।
भारतीय टिमका स्टार ब्याट्सम्यान विराट कोहलीकी प्रेमिका समेत रहेकी बलिउड अभिनेत्री अनुष्का शर्मा पनि टिमसँगै विमानस्थल उत्रिइन् । उनी विराटको हात समातेको अवस्थामा मिडियोको क्यामेरामा कैद भएकी थिन् ।
विमानस्थलबाट टिमका अन्य सदस्य टिमकै बसमा होटल गए । तर, अनुष्का र विराट भने भिआईपी गेटबाट सुटुक्क बाहिरिए । त्यसपछि अनुष्काले विराटलाई आफ्नै घर लगेको भारतीय मिडियाहरुले जनाएका छन् ।
अनुष्कासमेत उपस्थित भएको खेलमा विराट कोहली फ्लप भएपछि यो जोडीको चर्को आलोचना भइरहेको छ ।