scheduleशुक्रवार जेष्ठ २३ गते, २०७७

म्याकुलमले भने, ‘भोलिको मौका बराबारी, ज्यान दिएर खेल्छौं’

मेलवर्न, १४ चैत । न्यूजिल्याण्डका कप्तान ब्रेन्डन म्याकुलमले अष्ट्रेलियाका खिलाफ भोलि हुने विश्वकप फाइनल भिडन्तमा आफ्नो टिमलाई बराबरीको हैसियत दिँदै ज्यान दिएर खेल्ने बताएका छन् । फाइनलको पूर्वसन्ध्यामा आयोजित प्रेस कन्फरेन्समा म्याकुलमले मेलबर्नको ठूलो स्टेडियमको आनन्द लिँदै वेष्ट पफर्मेन्स दिने दावी गरे ।

brendon-mccullum

‘हो हाम्रो लागि सबैभन्दा राम्रो समय हो । यहाँसम्मको यात्रा निकै सानदार रह्यो । हामीले सुरुमै यो सपना देखेका थियौं । फाइनलमा स्वयम्लाई ५०–५० प्रतिशतको मौका दिनु ठूलो उपलब्धि हो ।’
जारी प्रतियोगितामा सतप्रतिशत नतिजा निकालेको न्युजिल्याण्डले पहिलो पटक आफ्नो देश बाहिर खेल्दैछ । यसअघिका ८ वटै खेल घरेलु मैदानमा भएको थियो ।
तुलनात्मकरुपमा छोटा बाउन्ड्रीमा खेलेको न्युजिल्याण्डका कप्तानलाई पत्रकारले ग्राउण्डको साईजको बारेमा पनि जिज्ञासा राखे । जवाफमा म्याकुलमले भने, ‘मैदानको आकारले पनि केही हदसम्म महत्व राख्छ । हामीले दुनियाभर क्रिकेट खेलेका छौं । तपाईं युएईको इमिरेट्स मैदानलाई हेर्नुस्, त्यो पनि त ठूलो छ नि । त्यहाँको माहोल एमसीजीको जस्तो नहोला तर, बाउण्ड्री छोटो छैन ।’
भोलिको सम्भावित नतिजाबारेको जिज्ञासामा उनले भने, ‘हामी भोली सक्दो राम्रो खेल्ने छौं । तर, कुनै पनि कुराको ग्यारेन्टी छैन । यसको मतलव यो होइन कि अष्ट्रेलियाले हामीलाई हराउन सक्दैन । यद्यपी हामी मैदानमा आफ्नो वेष्ट दिने छौं, जुन अहिलेसम्म हामीले दिँदै आएका छौं ।’
उनले अघि भने, ‘भोलि हामी मैदान ज्यान दिएर खेल्ने छौं, राम्रो खेल्यौं भने अन्तिममा खुसी भएर फर्कने अपेक्षा छ । तबमात्रै हामी पछि फर्केर आफ्नो सानदार यात्रालाई नियाल्ने छौं ।’
साथै उनले एमसीजीमा नर्वस हुनु कुनै नौलो कुरा नभएको बताए । ‘हजुर, मलाई लाग्छ कि यो भन्नु उचित हुनेछ । एक लाख दर्शक, मेलवर्न क्रिकेट ग्राउण्ड, इतिहार र परम्परा अनि विपक्षमा बलियो अष्ट्रेलियन टिम, यो हाम्रा लागि सबैभन्दा ठूलो खेल हो ।’
समूह चरणमा भएको निकै रोमाञ्चक खेलमा भने न्युजिल्याण्डले अष्ट्रेलियालाई १ विकेटले पराजित गरेको थियो ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय