scheduleबुधवार मंसिर २५ गते, २०७६
Bajaj
Global IME

श्रीलङ्काली राष्ट्रपतिका भाइको बन्चरोको चोटका कारण मृत्यु

Ranaviruकोलम्बो, १४ चैत । श्रीलङ्काली राष्ट्रपति मैत्रीपाला सिरिसेनाका कान्छा भाइको शनिबार दुई दिन पहिले एक व्यक्तिले हानेको बन्चरोको चोटका कारण अस्पतालमा मृत्यु भएको जानकारी प्रहरीले दिएको छ ।

तीन सन्तानका पिता प्रियन्था सिरिसेनाको टाउकोमा आफ्नै गृहनगर पोलोनारारुवामा उक्त प्रहारका कारण गम्भीर चोट लागेको थियो ।

राष्ट्रपति सिरिसेना चीनको राजकीय भ्रमणमा रहनुभएका समयमा उनका भाइ स्थानीय व्यापारीको मृत्यु भएको हो ।

प्रहरीले उक्त आक्रमणका सम्बन्धमा एक पुरुषलाई पक्राउ गरिएको र हाल अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

सरकारले बिहीबार साँझ एक विज्ञप्ति प्रकाशन गरी एक मित्रसँगको झगडाको समयमा प्रियन्थामाथि आक्रमण भएको जानकारी दिएको छ ।

प्रहरीले मृतकको उमेर ४० भएको बताए पनि सरकारी विज्ञप्तिमा उनको उमेर ४२ भएको उल्लेख गरिएको छ ।

राष्ट्रपति रिसिसेना सहितको १२ जना सन्तानमा प्रियन्था सबैभन्दा कान्छो भएको आधिकारिक स्रोतले उल्लेख गरेको छ ।

उनलाई आपत्कालीन उपचारका लागि राजधानीको अस्पतालमा उडानमा ल्याइएपछि उनको टाउकोमा लागेको चोट निकै गम्भीर भएकाले शल्यक्रिया गरिए पनि निजमा स्वास्थ्य लाभ नभएको जानकारी चिकित्सकले दिएका छन् ।

जनवरीमा भएको राष्ट्रपति पदको निर्वाचनमा सिरिसेना शक्तिमा पुगेका हुन् ।

श्रीलङ्काका पूर्व नेताभन्दा विपरीत सिरिसेनाले आफ्ना दाजुभाइलाई व्यक्तिगत सुरक्षाको व्यवस्था गरेका छैनन् । उनले आफ्नै सुरक्षाको व्यवस्थामा पनि निकै कटौती गरेको बताइएको छ । रासस/एएफपी

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage