scheduleबुधवार मंसिर ४ गते, २०७६

यमनबाट राष्ट्रसंघीय कर्मचारी फिर्ता

United Nationsसाना, १५ चैत । द्वन्द्वग्रस्त देश यमनबाट संयुक्त राष्ट्रसंघले आफ्ना कर्मचारीलाई उद्वार गरी फिर्ता लगेको छ । राष्ट्रसंघले आफ्ना कर्मचारी त्यहाँबाट हटाएको एक समाचारमा जनाइएको छ ।

प्राप्त पछिल्लो समाचारअनुसार सो क्षेत्रमा बिगतका केही दिनदेखि द्वन्द्व सुुरु भएको छ । सो द्वन्द्वका कारण त्यहाँबाट कयौँ देशले पनि आफ्ना नागरिकको उद्वार गरी स्वदेश फर्काएका छन् ।

यमनमा त्यहाँका हुथी विद्रोहीहरुले राष्ट्रपति अब्द्रब्हु मन्सुर हादीका विरुद्धमा आक्रमण गरेका थिए । सो आक्रमणपछि राष्ट्रपति हादी भागेर साउदी अरेबिया पुग्नुभएको समाचारमा जनाइएको छ ।

उता उनको पक्षमा केही दिनयतादेखि साउदी अरेबियाको सेना पनि यमनमा आक्रमण जारी राखेको छ । राष्ट्रपति हादीले त्यहाँ थप आक्रमणका लागि आग्रह गरेका छन् ।

राष्ट्रपति हादीले यमनमा हुथी सिया विद्रोहीका विरुद्धमा आक्रमण जारी राख्न साउदी अरेबियालाई आग्रह गरेका हुन् । उनले यमनमा ती विद्रोहीले आत्मसमर्पण नगर्दासम्म आक्रमण गर्न उहाँले साउदी अरेबियालाई आग्रह गरेका हुन् ।

यमनको दक्षिणी भागको प्रमुख नगर आदेनमा सिया विद्रोही तथा लडाकूबीच सङ्घर्ष जारु नै रहेको छ । सो सङ्घर्षमा परी शनिबारसम्ममा कम्तीमा पनि ६१ व्यक्तिको मृत्यु भएको जानकारी एक वरिष्ठ स्वास्थ्य अधिकारीले शनिबार दिएका छन् ।

तीन दिनदेखि जारी सो आक्रमणबाट कम्तीमा पनि ६१ व्यक्तिको मृत्यु भएको तथा २०३ व्यक्ति घाइते भएको जानकारी यमन सरकारले दिएको छ । आक्रमणका कारण भौतिक रुपमा पनि ठूलै क्षति भएको बताइएको छ ।

बिहीबारदेखि सो हवाई कारबाही सुरु भएको हो । साउदी अरेबियाले हवाई आक्रमण गर्नुपूर्व यहाँबाट दर्जनौँ कूटनीतिज्ञलाई अन्यत्र लगेको थियो । विशेषगरी ती विद्रोहीको लक्षित क्षेत्रमा सो हमला भएको हो ।

हाल आदेनमा तनाव निकै बढेको छ । यहाँका हुथी विद्रोहीमाथि साउदी अरेबियाको नेतृत्वमा रहेको गठबन्धनले आक्रमण गरिरहेको भएपनि उनीहरु पनि आक्रामक रुपमा रहेका समाचारहरु प्राप्त भइरहेका बताइन्छ ।

साउदी अरेबिया र अन्य खाडी राष्ट्रका सरकारहरुको सहभागितामा यमनका विद्रोहीका विरुद्धमा आक्रमण जारी रहेको बताइएको छ । प्राप्त समाचारमा खाडी देशका सुन्नी मुस्लिम समर्थक सरकारहरुले सो आक्रमणको समर्थन गरेका छन् । रासस/एएफपी

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage