scheduleआइतवार आश्विन २६ गते, २०७६
Dashaian

श्रीनिवासनले प्रेसिडेन्टलाई ट्रफी प्रदान गर्न दिएनन् !

N Srinavasanमेलबर्न, १५ चैत । इन्टरनेशनल क्रिकेट काउन्सिल आईसीसीका अध्यक्ष एन श्रीनिवासनले आईसीसीका प्रेसिडेन्ट मुस्तफा कमाललाई विजेता टिमलाई ट्रफी प्रदान गर्नबाट बञ्चित गरेका छन् ।
क्वाटरफाइनलमा बंगलादेश भारतसँग हारेपछि विवादास्पद् बयान दिएको आरोपमा प्रेसिडेन्ट कमाललाई ट्रफी प्रदान गर्नबाट बञ्चित गरिएको हो । यद्यपी आईसीसीको विधानमा विश्व विजेता टिमका कप्तानलाई प्रेसिडेन्टको हातबाट ट्रफी प्रदान गर्ने उल्लेख छ ।
कमालले आईसीसीले पक्षपात गरेर बंगलादेशलाई क्वाटरफाइनलमा हराएको आरोप लगाएका थिए । सोही कारण आक्रोशित भएका आईसीसी अध्यक्ष श्रीनिवासनले आइतबार मेलबर्नमै अनौपचारिक बैठक राखेर ट्रफी आफैं प्रदान गर्ने निर्णय गराएका हुन् ।
त्यसपछि उनले विश्व विजेता अष्ट्रेलियाका कप्तान माइकल क्लार्कलाई ट्रफी प्रदान गरेका थिए । श्रीनिवासन भारतीय क्रिकेट बोर्ड बीसीसीआईका पूर्वअध्यक्षसमेत हुन् ।
साथै श्रीनिवासनले कमाललाई विवादित बयानबारे स्पष्टिकरण पनि सोधेका छन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage