scheduleमगलवार फाल्गुन ६ गते, २०७६

विश्वकप ड्रिम टिम सार्वजनिक, दक्षिण एसियाबाट साङ्गाकारामात्रै

काठमाडौं, १६ चैत । इन्टरनेशनल क्रिकेट काउन्सिल आईसीसीले विश्वकप २०१५ को ड्रिम टिम सार्वजनिक गरेको छ ।

न्युजिल्याण्डका कप्तान ब्रेण्डन म्याकुलमको नेतृत्वमा घोषित टोलमा उपविजेता न्युजिल्याण्डका ५, विजेता अष्ट्रेलियाका ३, दक्षिण अफ्रिकाका २ तथा श्रीलंका र जिम्बाबेका १–१ खेलाडी छन् ।

McCullum
टोलीमा न्युजिल्याण्डबाट कप्तान म्याकुलमसहित मार्टिन गप्टिल, कोरी एण्डर्सन, ट्रेन बोल्ट र ड्यानिलय भिटोरी छन् ।
यस्तै अष्ट्रेलियाका स्टेभन स्मिथ, गेलेन म्याक्सवेलले र मिचेल स्टार्क, दक्षिण अफ्रिकाका कप्तान एवी डिभिलियर्स र मोर्ने मोर्कलसमावेश टिममा श्रीलंकाका कुमार साङ्गाकारालाई विकेट किपर ब्याट्सम्यानको रुपमा समावेश गरिएको छ ।

बाह्रौं खेलाडीको रुपमा भने जिम्वावेका निवर्तमान कप्तान ब्रेण्डन टेलर परेका छन् । टोलीमा परेकामध्ये साङ्गाकारा र टेलरले अन्तराष्ट्रिय क्रिकेटबाटै सन्यास लिइसकेका छन् ।

ड्रिम टिममा यसपटक पूर्वविजेता भारत र पाकिस्तानका एक खेलाडी पनि परेनन् ।

 

यस्तो छ टोली:

ब्रेन्डन म्याकुलम (न्युजिल्याण्ड) – कप्तान

मार्टिन गप्टिल (न्युजिल्याण्ड)

कुमार सांगकारा (श्रीलंका) – विकेटकीपर

स्टेभन स्मिथ (अस्ट्रेलिया)

एबी डिभिलयर्स (साउथ अफ्रीका)

ग्लेन म्याक्सवेल (अस्ट्रेलिया)

कोरी एण्डर्सन (न्युजिल्याण्ड)

डेनियल भिटोरी (न्युजिल्याण्ड)

मिशेल स्टार्क (अस्ट्रेलिया)

ट्रेंट बोल्ट (न्युजिल्याण्ड)

मोर्ने मोर्कल (साउथ अफ्रीका)

ब्रैंडन टेलर (जिम्बाब्वे) १२औं खेलाडी

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय