scheduleसोमवार आश्विन १२ गते, २०७७

पशुपति शर्माले भने, ‘दोहोरी गाउनी, नाङ्गै हिँड्नी यही ज्योती होइन ?’ (भिडियोसहित)

काठमाडौं । छोटो लुगा र उत्तेजक प्रस्तुतीका कारण बारम्बार चर्चामा आइरहने गायिका ज्योती मगरलाई चर्चित लोक गायक पशुपति शर्माले छोटो लुगा नलगाउन सुझाव दिएका छन् ।
छोटो पहिरनले संस्कृति बिग्रिएको भन्दै उनले दोहोरी गाउने भए लामो लुगा लगाउन, नभए गीत नै नगाउन सुझाव दिएका हुन् ।

Jyoti magar_Pashupati sharma
तर, वास्तविकमा नभएर दोहोरीमा शर्माले यस्तो सुझाव दिएका हुन् । ज्योती मगरले हालै सार्वजनिक गरेको एक रोइला दोहोरीमा पशुपती र ज्योतीको रमाइलो छेडछाड सुन्न पाइन्छ ।
दोहोरीमा पशुपति भन्छन्,
‘हे गाउनी भए गाम् दोहोरी म नि कम्ती छैन,
दोहोरी गाउनी, नाङ्गै हिँड्नी यही ज्योती होइन ?
नत्र गीतै नगाए,
दोहोरी गाउनी भए, लामो लुगा लगाए, नत्र गीतै नगाए ।’

जवाफमा ज्योतीले पशुपतिलाई केटा मान्छे भएर पनि तीजको गीतमा नाच्ने हो ? भनेर ब्यङ्ग्य गरिन् ।

ज्योतीले भनिन्,
‘तिमी कम्ती छैनौ भने, म नि कम्ती छैन ।
तीजका गीतमा रत्यौली गाउनी यही पशुपति होइन ?
यही पशुपति आएर,
तीजका गीत नि गायो, यही पशुपति आएर, रत्यौली नि गाएर !

पूरा गीत भिडियोमाः

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय