scheduleशुक्रवार भाद्र ६ गते, २०७६

इजरायलका पूर्व प्रधानमन्त्री भ्रष्टाचारमा दोषी ठहर

Ehud Olmert trialजेरुसेलम, १६ चैत । इजरायलका पूर्व प्रधानमन्त्री भ्रष्टाचारमा दोषी ठहर भएको यहाँका सञ्चारमाध्यमरुले जनाएका छन् ।

इजरायली पूर्व प्रधानमन्त्री इहुद अल्मर्टलाई जेरुसेलमको एक अदालतले भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको समाचारमा जनाइएको हो ।

उनले आफू प्रधानमन्त्रीको पदमा रहँदा ठूलोमात्रामा रकम स्वीकार गरी भ्रष्टाचार गरेको भनी उनीमाथि परेको मुद्दामा जेरुसेलमको एक अदालतले सो मुद्दामा उनलाई दोषी ठहर गरेको हो ।

जेरुसेलममा रहेको एक अदालतले सो फैसला सोमबार सुनाएको हो । उनले सो भ्रष्टाचारको मुद्दा अस्वीकार गरेका थिए ।

उनलाई सो मुद्दामा यसअघि सफाइ नदिइए पनि केही जरिवाना गरेर छोडिएको थियो । तरपछि सोही मुद्दामा गरिएको थप अनुसन्धानका क्रममा उहाँ दोषी पाइएको समाचारमा जनाइएको छ ।

उनलाई एकजना अमेरिकी व्यापारीसँग ठूलो रकम घुस लिएको आरोपमा सो मुद्दा लगाइएको थियो । उक्त मुद्दामा उनलाई करिब छ वर्ष थुनामा राखिएको थियो ।

उनलाई के कति जेल सजाय हुन्छ भन्नेबारेमा भने सुनाइएको छैन । केही समयपछि उनको सो सजाय सुनाइने बताइएको छ ।

सञ्चारमाध्यमहरुले उनी भ्रष्टाचारमा दोषी ठहर भएको फैसला अदालतले सुनाएको जानकारी दिएका छन् । रासस/एएफपी

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage