scheduleशनिवार मंसिर २८ गते, २०७६
Bajaj
Global IME

पाकिस्तानमा एक स्वास्थ्यकर्मीसिहत आठ मारिए

Pakistanइस्लामाबाद, १६ चैत । अफगानिस्तानको सीमाक्षेत्र नजिकै पर्ने पाकिस्तानको आदिवासी इलाकामा सोमबार पाकिस्तानी सैनिकले गरेको हवाई आक्रमणमा परी सातजना आतङ्ककारी मारिएका छन् ।

यस वर्षको सुरुदेखि सो क्षेत्रमा आतङ्ककारीविरुद्ध पाकिस्तानी सैनिकले भीषण हवाई आक्रमण सुरु गरेका छन् । पाकिस्तानको पश्चिम सीमा पर्ने खैबर प्रान्तमा सो हवाई आक्रमण भएको बताइएको छ ।

पाकिस्तानका विभिन्न सातवटा आदिवासी इलाकामा खैबर एक हो । उक्त इलाकामा तालिवानी र लासकार ई इस्लाम आतङ्ककारी समूहको बलियो प्रभाव रहेको जनाइएको छ ।

खैबरको टिराहमा गरिएको हवाई आक्रमणमा सात आतङ्ककारीको मृत्यु भएको सैनिकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । कराँची विमानस्थलमा तालिवानले आक्रमण गरेपछि उत्तरी वाजिरिस्तानमा पनि हवाई आक्रमण सुरु गरिएको जनाइएको छ ।

त्यसैगरी पाकिस्तानको आदिवासी जिल्ला बाजाउरमा आइतबार पोलियो अभियानमा खटिएका एक स्वास्थ्य कार्यकर्तालाई गोली हानी हत्या गरिएको थियो ।

सो गोली आक्रमणमा अर्का एक कार्यकर्ता घाइते भएका छन् । यस आक्रमणको वरिष्ठ प्रशासन अधिकारी सोहैल अहमद खानले पुष्टि गरेका छन् ।

सन् २०१२ को डिसेम्बरबाट पोलियो खोप अभियानका कार्यकर्तामाथिको आक्रमणमा हालसम्म ७८ व्यक्तिको मृत्यु भइसकेको जनाइएको छ । रासस/एएफपी

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage