scheduleबिहिवार भाद्र ५ गते, २०७६

मोबाईल पडि्कँदा एक बालकको मृत्यु

mobileभारत, १७ चैत । पश्चिम बंगालको पुरुलियामा मोबाइल पडि्कँदा ७ वर्षीय एक बालकको मृत्यु भएको छ । मोवाइलको ब्याट्री चार्जमा रहेका बेला अचानप पडि्कएपछि नजिकै रहेका बालकको मृत्यु भएको हो ।

प्रहरीका अनुसार १ कक्षामा अध्ययनरत ती बाल मोवाइल नजिकै रहँदा विस्फोट भएको थियो । त्यसपछि लागेको आगोमा जलेर बालकको मृत्यु भयो । बच्चा अत्तालिँदै चर्को स्वरले रोएको सुनरेर परिवारका सदस्य त्यहाँ पुग्दा उसको शरीर धेरै जलिसकेको थियो ।

त्यसपछि पानी खन्याएर आगो निभाइयो र तत्काल अस्पताल पुर्याइयो । तर, डाक्टरले ती बालकलाई मृत घोषित गरे । विस्फोट भएको सो मोबाइल चाइनिज ब्राण्डको रहेको बताइएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage