scheduleबिहिवार आश्विन ३० गते, २०७६

नेपाली युवा टोली पनि गोलविहीन, ४ खेलमा १७ गोल खाएर फर्कँदै

काठमाडौं, १७ चैत । २३ वर्ष मुनीको नेपाली राष्ट्रिय फुटबल टिम एक गोलपनि गर्न नसकी घर फर्किने भएको छ । एएफसी यु–२३ क्वालिफायर अन्तर्गत समूह सीको अन्तिम खेलमा प्यालेस्टाइनसँग ४–० ले पराजित भएसँग नेपालको इरान यात्रा निकै नै लज्जास्पद् र निरासाजनक रुपमा सम्पन्न भएको हो ।

Nepal U-23

तस्वीर सौजन्य: गोल नेपाल


प्रतियोगितामा कुल ४ खेल खेलेको नेपालले समग्रमा १७ गोल खायो । तर, जवाफमा एकमात्रै गोल पनि फर्काउन सकेन । नेपाली राष्ट्रिय टिमले विगत ८ खेल यता गोल गर्न नसकिरहेको बेला युवा टोली पनि त्यसबाट टाढा रहेन ।
प्रतियोगिताको पहिलो खेलमा नेपाल इरानसँग ५–०, दोस्रोमा अफगानिस्तानसँग २–० र तेस्रो खेलमा साउदी अरेवियासँग ६–० ले पराजित भएको थियो ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage