scheduleशनिवार कार्तिक २ गते, २०७६

विश्व क्रिकेटमा सचिनको पुनरागमन हुँदै !

sachinमुम्बई । विश्व क्रिकेटका किर्तिमानी ब्याट्सम्यान सचिन तेन्दुल्कर भारतीय क्रिकेट टिमको प्रशिक्षक बन्ने सम्भावना बढेको छ । भारतीय टिमको प्रमुख प्रशिक्षकका रुपमा उनले डंकन फ्लेचरलाई प्रतिस्थापन गर्ने सम्भावना रहेको भारतीय मिडियाहरुले जनाएका छन् ।
पछिल्लो केही समययता यस विषयमा छलफल चलिरहेको छ । बीसीसीआईले आगामी मंगलबार कार्यसमिति बैठक बसेर यसबारे अन्तिम निर्णय गर्ने बताएको छ ।
भारतीय टिमका कप्तान महेन्द्रसिंह धोनी र स्टार ब्याट्सम्यान विराट कोहलीले सचिनलाई प्रशिक्षक बनाउनु पर्ने पक्षमा लविङ गरिरहेका छन् । बीसीसीआईका पूर्वअध्यक्ष एन श्रीनिवासन र टिम निर्देशक रवि शास्त्रीले समेत सचिनको नियुक्तिका विषयमा अभिव्यक्ति दिएका थिए ।
बीसीसीआईले आफ्नो प्रेस विज्ञप्तिमा भनेको छ कि, आईपीएलको समाप्ति पछि सचिन भारतीय टिमसँग जोडिन सक्छन् । बीसीसीआईका अध्यक्ष जगमोहन डालमियाले धेरै विचार–विमर्श पछि सचिनको नाममा अनुमति दिइसकेको बताइन्छ । यस्तो भएमा सचिनलाई पुनः एक क्रिकेट मैदानमा देख्न पाइनेछ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage