scheduleआइतवार भाद्र ८ गते, २०७६

११७ वर्षीया मिसाओ अस्ताइन्

गत महिना भनेकी थिइन्– 'मलाई जीवन छोटो लाग्यो'

Misao Okawaओसाका, १८ चैत । विश्वकै सबैभन्दा बढी उमेरकी जापानी महिलाको बुधबार निधन भएको छ । प्राप्त समाचारअनुसार उनको ११७ वर्षको उमेरमा निधन भएको हो ।

जापानको ओसाका सहर निवासी मिसाओ ओकावालाई गिनिज बुक अफ वल्र्ड रेकर्डस्ले विश्वको सबैभन्दा बढी उमेरको नागरिकका रुपमा दर्ता गरेको थियो ।

जापानको ओसाका सहरका स्थानीय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार उनको बुधबार बिहान निधन भएको हो ।

उनलाई स्थानीय नर्सिङ होममा राखिएको र त्यहीँ निधन भएको समाचारमा जनाइएको छ । बुधबार बिहान निधन भएको समाचार स्थानीय सञ्चारमाध्यमले दिएका छन् ।

उनलाई मुटुमा समस्या देखिएपछि सो नर्सिङ होममा भर्ना गरिएको थियो । उहाँको स्वास्थ्य अवस्था पहिले भने खासै नराम्रो नरहेको र हालैमात्र नर्सिङ होम भर्ना गरिएको परिवार स्रोतले जनाएको छ ।

उनले गएको १० दिनदेखि खाना खान छोडेको अस्पतालले जनाएको छ । त्यसपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

बुधबार बिहान स्थानीय समयअनुसार ६ः५८ बजे उनको निधन भएको हो । परिवारका सदस्यका साथमा उनको निधन भएको अस्पतालले जनाएको छ ।

ओकावाले गत महिनामात्र आफ्नो ११७ औँ जन्मदिन मनाएकी थिइन् । सो अवसरमा उनलाई सोधिएको एक प्रश्नमा आफुलाई आफ्नो जीवन छोटो लागेको प्रतिक्रिया दिएकी थिइन् ।

उनको जन्मदिनको अवसरमा जम्मा भएका पत्रकारले उनलाई सोधेका थिए– यति लामो जीवन बाँच्नुभयो जीवनप्रतिको तपाईको अनुभव कस्तो छ ?

यस प्रश्नको जवाफमा उनले भनेका थिए– ‘मलाई त बरु मेरो जिवन छोटो लाग्यो ।’

विश्वको सबैभन्दा लामो उमेरको नागरिकको हैसियतमा बाँच्न सक्नुको उनको जिवन शैलीको भित्री रहस्यका बारेमा गतवर्ष उनको जन्मदिनको अवसरमा गरिएको अर्काे एक प्रश्नमा उनले खानामा सुसी र धेरै सुत्नु कारकका रुपमा रहेका बताएका थिए ।

सुसी जापानी नागरिकको खाना हो । जापानी नागरिकमा यो खानाको परिकार निकै लोकप्रिय छ ।

उनको जन्म सन् १८९८ को मार्च ५ मा भएको थियो । उनको जन्म ओसाका सहरमा नै भएको हो ।

उनलाई सन् २०१३ मा विश्वको सबैभन्दा बढी उमेरको नागरिकका रुपमा गिनिज वल्र्ड रेकर्डस्ले मान्यता दिएको थियो ।

यसअघि पनि संसारको सबैभन्दा लामो उमेरको नागरिकका रुपमा जापानकै अर्का नागरिक जिरेमन किमोरा रहेका थिए ।

सन् २०१३ मा नै ११६ वर्षको उमेरमा किमोराको निधन भएपछि मिसाओ ओकावालाई यो मान्यता दिइएको थियो । ओकावा विश्वको सबैभन्दा वढी उमेरको महिला मात्र नभएर बढी उमेरको नागरिक नै थिइन् । एएफपी

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage