scheduleबिहिवार आश्विन ३० गते, २०७६

स्टार्कले गुमाउने भए आइपिएलको खेल

starcएजेन्सी । विश्वकप क्रिकेटमा उत्कृष्ट बलिङ गरेका अस्ट्रेलियन फास्ट बलर मिचेल स्टार्कले इन्डियन प्रिमियर लिग (आइपिएल) का सुरुवाती केही खेल गुमाउने भएका छन् ।

रोयल च्यालेन्जर्स बेंग्लोरमा आबद्द स्टार्कको घुँडामा चोट लागेको छ । जसका कारण उनले आठौं संस्करणको आइपिएलका केही खेल गुमाउने भएका हुन् ।
सातौं संस्करणमा उनी बेग्लोरमा आवद्द भएका थिए । पहिलो सिजनमै उनले १४ विकेट लिएका थिए । अस्ट्रेलियन क्रिकेट बोर्डले स्टार्क तीन सातापछि फिट हुने बताएको छ ।

‘स्टार्कको घुँडामा केही समस्या देखिएको छ,’ अस्ट्रेलियन टोलीका फिजियो एलेक्स कउन्टोरिसले भने,‘उनलाई अझै केही समय लाग्नेछ ,त्यसपछि टोलीका मेडिकल स्टाफहरुले हेरेपछि मात्रै खेल्न तयार हुनेछन्, यो दुई या तीन साता लाग्न सक्नेछ ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage