scheduleमगलवार आश्विन २८ गते, २०७६

सन्यासमा पुनर्विचार गर्लान् त साङ्गाकाराले ?

कोलम्बो । श्रीलंकाका खेल मन्त्री नविन दिसानायकले विश्वकै नम्बर १ टेष्ट ब्याट्सम्यान कुमार साङ्गाकारालाई टेष्ट क्रिकेटबाट सन्यास लिने योजनामा पुनर्विचार गर्न आग्रह गरेका छन् । उनले साङ्गाकारालाई अझै कम्तिमा एक वर्ष टेष्ट क्रिकेट खेलिदिन आग्रह गरेका हुन् ।

kumar-sangakara
साथै उनले श्रीलंका क्रिकेटमा बदलावका लागि सरकारले उठाएका कदमका कारण पनि साङ्गाकारा थप एक वर्ष टेष्ट टिममा रहन राजी हुने विश्वास व्यक्त गरे ।
उनले भने, ‘म खेल मन्त्रीको हैसियतबाट कुमारलाई विनम्र अनुरोध गर्दछु कि उनले सन्यासको योजनामा पुनर्विचार गरुन् । देशका लागि उनले थप एक वर्ष टेष्ट क्रिकेट खेलुन् भन्ने हाम्रो अपेक्षा छ ।’
दिशानायकेले भने, ‘न्युजिल्याण्डमा मैले कुमारसँग कुराकानी गरेको थिए । उनी श्रीलंका क्रिकेट बोर्ड र सरकारसँग निकै असन्तुष्ट थिए । अहिले ती सबै कुरा बदलिएको छ । त्यसकारण उनी थप एक वर्ष खेल्न राजी हुने अपेक्षा गरेको छु ।’
१०३ टेष्ट क्रिकेटमा १२ हजार २ सय ३ रन बनाएका साङ्काकाराले एक दिवसीय क्रिकेटबाट भने सन्यास लिइसकेका छन् । विश्वकपमा लगातार ४ सतक बनाएका साङ्गाकाराले सानदार फर्मकाबीच पनि सन्यास लिएपछि समर्थकहरु पनि काफी निरास छन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage