scheduleआइतवार मंसिर २९ गते, २०७६
Bajaj
Global IME

सुरक्षा परिषदमा सघाउन भारतको अनुरोध

पुरानो प्रचलन र अभ्यासअनुरुप गर्ने परराष्ट्र मन्त्रीको जवाफ

india-flagकाठमाडौं, १९ चैत । भारतले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्लाई सुदृढ बनाउन यसपटक आफूले पनि उम्मेदवारी दिने बताउँदै त्यसमा नेपालको साथ र समर्थनका लागि अनुरोध गरेको छ ।

नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका भारतका विदेश सचिव डा सुब्रमन्यम् जयशङ्करले परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग बिहीबार परराष्ट्र मन्त्रालय भएको शिष्टाचार भेटमा त्यस्तो आग्रह गरेका हुन् ।

‘सुरक्षा परिषद् सदस्यमा भारतले दिने उम्मेदवारी र त्यसमा नेपालको समर्थनको भारतीय अपेक्षा उहाँले व्यक्त गर्नुभयो,’ विदेश सचिवसँगको भेटपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै मन्त्री पाण्डेले भने, ‘सुरक्षा परिषदमा सहयोग गर्नेसम्बन्धी नेपालको पुरानो प्रचलन र अभ्यासअनुरुप गर्नेबारेमा स्पष्ट गरेँ ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेशमन्त्री सुषमा स्वराजको औपचारिक नेपाल भ्रमणका बेला नेपाल र भारतबीच भएका सहमति समयतालिका बनाएर कार्यान्वयन गर्नुपर्नेमा आफूले जोड दिएको मन्त्री पाण्डेले बताए ।

पारस्परिक लाभका परियोजना समयसीमा तोकर तदारुकताका साथ कार्यान्वयन गर्नुपर्ने आफ्नो धारणाप्रति भारतीय विदेश सचिवले सहमति जनाएको जानकारी दिँदै उनले आफूहरू द्विपक्षीय हित र चासोको विषयमा पनि छलफल भएको बताए ।

भेटमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव शङ्करदास वैरागी, सहसचिव रमेशप्रसाद खनाल, नेपालका लागि भारतीय राजदूत रञ्जित राय, नयाँदिल्लीस्थित नेपाली दूतावासका उच्च अधिकारीका साथै यहाँस्थित भारतीय दूतावासका वरिष्ठ अधिकारीको सहभागिता थियो ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage