scheduleआइतवार भाद्र ८ गते, २०७६

कायरोको सिनाइमा आक्रमण, सत्रको मृत्यु

egypt attackकायरो, १९ चैत । इजिप्टको उत्तरी सिनाइमा अवस्थित सुरक्षा जाँच चौकीहरुमा एकैसाथै भएको पाँच वटा आतङ्ककारी आक्रमणमा परी १५ सैनिक र दुई सर्वसाधारणको मृत्यु भएको छ ।

सोही इलाकामा सैनिक र स्थानीय इस्लामिक स्टेटका लडाकूबीच झडप भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रान्तीय राजधानी एल–एरिसदेखि पूर्वमा रहेको शैख जुवैदको दक्षिणमा रहेको छुट्टाछुट्टै पाँच जाँचचौकीमा बन्दुकधारीहरुले स्वचालित राइफल र रकेट आक्रमण गरेका जनाइएको छ ।

सो आक्रमणका क्रममा प्रहरी र बन्दुकधारीबीच भएको दोहोरो गोली हानाहानमा १५ सैनिकको मृत्यु भएको बताइएको छ । रासस÷एएफपी

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage