scheduleशनिवार कार्तिक २ गते, २०७६

मौका–मौका भन्दै खिस्याएपछि भारतीय समर्थकको यस्तो जवाफ (भिडियोहित)

काठमाडौं, २० चैत । विश्वकप २०१५ को उपाधि अष्ट्रेलियाले जित्यो । तर अन्य देशमा त्यसको ह्याङओभर अझै सकिएको छैन । अझ भन्ने हो भने पूर्वविजेता भारतमा त यसको ज्यादा नै प्रभाव छ ।

IPL Mauka
भारत सेमीफाइनलमा अष्ट्रेलियासँग पराजित भएपछि बंगलादेश र पाकिस्तानका समर्थकहरुले उसको खुबै खिल्ली उडाए । विश्वकपका दौरान आफ्ना विपक्षी टिमहरुको खिल्ली उडाउँदै भारतीय च्यानल स्टार स्पोर्टसले तयार पारेको ‘मौका–मौका’ विज्ञापनका कारण भारतको खिल्ली उडाउने मसला जुर्यो ।

यस्तो मौका बंगलादेश, पाकिस्तान र श्रीलंकाका समर्थकहरुलेमात्रै होइन पाकिस्तानी स्टार क्रिकेटर शहिद अफ्रिदीले पनि सदुपयोग गर्न भ्याए । अझ भारतीय क्रिकेट बोर्ड बीसीसीआईलाई भने झनै ठूलो हैरानी भयो । छिमेकी मुलुकहरुबाट खिल्ली उडाउनकै लागि सयौं फोन कल आएपछि उसले फोन लाइन नै डिसकनेक्ट गर्नु परेको थियो ।
अति भएपछि भारतीय समर्थकहरुले यसको भिडियोमार्फत नै जवाफ दिएका छन् ।



के छ भिडियोमा ?

भिडियोमा भारतीय जर्सी लगाएर निकै निरास मुद्रामा देखिएका एक युवकको पाकिस्तान, श्रीलंका र बंगलादेशको जर्सी लगाएका तीन युवकले खुबै मजाक उडाइरहेका हुन्छन् । तीनै जनाले मुर्छा परेर हास्दै खिस्याउन थालेपछि ती भारतीय समर्थकले टिम इण्डियाको जर्सी फुकालेर आईपीएलको जर्सी लगाउँदै मौका–मौका भन्न थाल्छन् । साथमा आईपीएलको धुन पनि बज्छ । त्यसपछि त बंगलादेश र श्रीलंकाका समर्थकहरु ‘पापा, हम भी आ रहे हैँ’ भन्दै हात मिच्न पुग्छन् भने, पाकिस्तानका समर्थक एक्लै भएपछि रुन थाल्छन् । किनकी पाकिस्तानी खेलाडीलाई आईपीएलमा मौका छैन । त्यसपछि भारतीय समर्थक रहेका ती युवकले भन्छन्, ‘क्या सम्झे, बाप बाप होताहे ।’

भारतीय समर्थकहरुले तयार पारेर युट्युवमा अपलोड गरेको यो भिडियो अहिले भाइरल नै बनेको छ ।

 

यो पनि पढ्नुहोस्:

‘क्या हुआ तेरा मौका ?’ भन्दै बंगलादेश र पाकिस्तानबाट फोन आएपछि बीसीसीआई हैरान

मौका–मौकाभन्दै अफ्रिदीले यसरी उडाए भारतको मजाक (भिडियोसहित)

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage