scheduleसोमवार मंसिर २३ गते, २०७६
Bajaj
Global IME

हेलिकोप्टर दुर्घटनामा पाँचको मृत्यु

crash_Helicopterसाओ पाउलो (ब्राजिल), २० चैत । ब्राजिलको साओ पाउलो राज्यमा बिहीबार अपराह्नमा भएको एक हेलिकोप्टर दुर्घटनामा पाँच व्यक्तिको मृत्यु भएको छ ।

सो दुर्घटनामा ज्यान गुमाउनेहरुमा राज्य गभर्नर गेराल्डो अकमिनका छोरा पनि परेका स्थानीय सञ्चारमाध्यमले फोल्हा डे एस पाउलोले जनाएको छ ।

कोरासिकुइबाको आवासीय क्षेत्रको एक घरमा १७ देखि २० मिनेटभित्र खसेको बताइएको छ । सो हेलिकोप्टर दुर्घटनामा पाँच व्यक्तिको मृत्यु भएको बताइएको छ ।

सो दुर्घटनामा ज्यान गुमाउनेमा सो राज्यका गभर्नरका कान्छो छोरा थोमाज रोद्रिगुएस रहेका जनाइएको छ ।

थोमाज हेलिकोप्टर प्रशिक्षणको लागि गएका बताइएको छ । एक सुपरमार्केट नजिकै भएको सो दुर्घटनाको अनुसन्धान जारी रहेको जनाइएको छ । रासस/सिन्ह्वा

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage