scheduleसोमवार कार्तिक २५ गते, २०७६

अष्ट्रेलियासँगको खेललाई १५ लाखको प्रायोजन !

ब्याट र जर्सी सगरमाथा पुर्‍याउने जिम्मा छुरिमलाई

काठमाडौं, २० चैत । नेपाल र अष्ट्रेलियन टीमबीच यही चैत २८ गते हुने ६३ ओभरको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताका लागि क्यानले १५ लाख रुपैयाँको स्पोन्सर पाएको छ ।

Phillip_Hughes copy

वसन्त चौधरी फाउण्डेसनले ह्यूजको सम्झनामा हुने मैत्रीपूर्ण प्रतियोगितालाई प्रयोजन गर्ने भएको राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
साथै क्यानले ह्यूजको क्रिकेट ब्याट र जर्सी सगरमाथा शिखरमा पुर्‍याउने जिम्मा किर्तिमानी महिला आरोही छुरिम शेर्पा नेतृत्वको आरोहण दललाई दिएको छ ।
क्रिकेट बलले लागेर मृत्यू भएका ह्यूजले प्रयोग गर्ने क्रिकेट किड्स विश्वकै सर्वोच्च शिखर सगरमाथामा लैजाने प्रस्ताव नेपाल क्रिकेट संघ क्यानले राखेको थियो । क्यानको प्रस्ताव ह्यूजको परिवारले स्वीकारेपछि क्रिकेट अष्ट्रेलियाले पनि स्वीकृती दिएको थियो ।
यसै अवसरमा ह्यूजले आफ्नो अन्तिम पारीमा बनाएको अभिजित ६३ रनलाई मध्यनजर गर्दै ६३ ओभरको क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ ।

प्रतियोगिता हेर्न क्रिकेट अष्ट्रेलियाका अध्यक्ष वाली एडवार्ड नेपाल आउने पक्का भइसकेको छ । प्रतियोगितामा अष्ट्रेलियन टिमबाट खेल्ने खेलाडीहरुको भने अन्तिम टुंगो लागि नसकेको क्यानकी अध्यक्ष भावना घिमिरेले बताइन् ।

बिग बास टिम सिड्नी थण्डरका रायन कार्टर नेपाल आउने पक्का भएपनि अन्य खेलाडीको टुंगो लागेको छैन । क्यानले भने विश्व विजेता टिमका कम्तिमा १ अथवा २ खेलाडीलाई नेपाल भ्रमण टोलीमा समावेश गर्न आग्रह गर्दै आएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage