scheduleबिहिवार भाद्र ५ गते, २०७६

जिनपिङका विरोधी झाउमाथि गम्भीर अभियोग

पूर्व सुरक्षा प्रमुखलाई मृत्यूदण्डसम्म हुन सक्ने

zhou-yongkangबेइजिङ, २१ चैत । चीनका पूर्व सुरक्षा प्रमुख झाउ योङकाङमाथि घुस लिएको, शक्तिको दुरुपयोग गरेको र राज्यको गोपनीयता खुलाएको आरोप लगाइएको जानकारी अधिकारीहरुले शुक्रबार दिएका छन् । गत केही दशकमा अधिकारीमाथि लगाइएको आरोपमा उनी सबैभन्दा माथिल्लो परेका छन् र यसले नाटकीय सुनुवाईको मञ्च तयार गरेको आरोप लगाइएको छ ।

झाउलाई राष्ट्रपति सी जिनपिङका विरोधीको रुपमा हेरिन्छ । उनी चिनियाँ कम्युनिस्ट पार्टीका निकै प्रचार गरिएको भ्रष्टाचार विरोधी अभियानको सबैभन्दा प्रमुख पीडित बन्न पुगेका छन् । यस अभियानमा ‘बाघ’देखि ‘भुसुना’सम्म सबैलाई लक्ष्य बनाइएको दाबी गरिएको छ ।

उनको तेल उद्योगको पृष्ठभूमि रहेको थियो भने उनले व्यापक शक्ति सञ्चय गरेका थियो । उनी तल्लो तहबाट सत्ताधारी दलको सम्भ्रान्त पोलिटब्युरो स्थायी समितिसम्म पुगेका थिए । यसलाई चीनको सबैभन्दा शक्तिशाली निकाय मानिन्छ ।

वादी वकिलहरुले लगाएको र इन्टरनेटमा प्रकाशन गरिएको अभियोगमा झाउ योङकाङले अन्य व्यक्तिबाट फाइदा लिन आफ्नो पदको उपयोग गरेको, अरुबाट गैरकानुनी रुपमा ठूलो सम्पत्ति लिएको, शक्तिको दुरुपयोग गरेको, सार्वजनिक सम्पत्ति तथा राज्य र जनताको अभिरुचिमा ठूलो क्षति पुर्याएको उल्लेख गरिएको छ ।

उनले गरेका काम सामाजिक रुपमा घृणित रहेको तथा परिस्थिति असाधारण रुपले गम्भीर भएको उल्लेख गरिएको छ । उनले जानाजान राज्यको गोपनीयता चुहाएको पनि अभियोगमा उल्लेख गरिएको छ ।

यी कागजात उत्तरी तियानजिन बन्दरगाहमा रहेको एक अदालतमा प्रस्तुत गरिएको छ ।

चिनियाँ अदालत सत्ताधारी दलबाट नजिकबाट नियन्त्रणमा रहेको र यस्ता विषयमा सजिलै दोषी प्रमाणत हुने बताइन्छ ।

चीनमा ‘ग्याङ अफ फोर’ नामक समूहको मुद्दापछि यसलाई सबैभन्दा महत्वपूर्ण मुद्दा ठानिएको छ । ‘ग्याङ अफ फोर’मा माओ जेदोङकी विधवा पनि परेकी थिइन् । उनीहरुले सांस्कृतिक क्रान्तिमा अराजकता फैलाएको आरोप लगाइएको थियो ।

राष्ट्रपति सीले सन् २०१२ मा शासनमा आएपछि आफ्नो शक्ति निकै बलियो बनाएका र झाउको अवस्थाले उनी मुलुकभर अन्तिम शक्तिको रुपमा स्थापित भएका हङकङमा चाइनिज विश्वविद्यालयका राजनीतिशास्त्र विशेषज्ञ विली लामले बताए ।

उनले राष्ट्रपति सी जिनपिङको भ्रष्टाचार नियन्त्रण संस्थामा सम्पूर्ण नियन्त्रण भएकाले उनका विरोधी तथा सम्भावित विरोधीले डर मान्ने अवस्था भएको बताए ।

महिनौसम्म हल्ला चलेपछि पार्टीका अधिकारीहरुले गत जुलाइमा झाउमाथि अनुसन्धान भइरहेको जानकारी दिएका थिए भने डिसेम्बर महिनामा उनलाई पार्टीबाट औपचारिक रुपमा निष्कासन गरी पक्राउ गरिएको थियो ।

हाल ७२ वर्षको भएका झाउले सन् २०१२ मा आफ्नो पदबाट अवकाश प्राप्त गरेका थिए ।

चीनको कानुनअनुसार घुस लिँदा केही अवस्थामा मृत्युदण्डसम्म गराउनसक्छ । मुलुकको गोपनीयता चुहाँउदा सात वर्षसम्मको कारवासको सजाय हुनसक्छ । रासस/एएफपी

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage