scheduleशनिवार मंसिर २१ गते, २०७६
Bajaj
Global IME Bank

फिलिपिन्समा सामुद्रिक आँधीको त्रास

 चौबीस हजार जनतालाई अन्यत्र लैजाँदै

storm in Manilaमनिला, २१ चैत । फिलिपिन्सको उत्तरपूर्वी तटीय क्षेत्रमा आइतबार मेसाक सामुद्रिक आँधी आउने सम्भावना भएकाले त्यहाँ बसोबास गरिरहेका करिब २४ हजार जनतालाई शनिबार अन्यत्र सारिँदै गरिएको जानकारी अधिकारीहरूले दिएका छन् ।

उग्र सामुद्रिक आँधीको रूपमा देखापरेको मेसाकको गति हाल १६० किलोमिटर प्रति घण्टामा घटेको छ । यसो भए पनि यसले बाढी तथा पहिरो गराउनसक्ने सम्भावना कायम भएको ती अधिकारीहरूले बताए ।

उक्त क्षेत्रका वरिष्ठ नागरिक प्रतिरक्षा अधिकारी नाइजल लनटकले तटीय गाउँमा रहेका मानिसलाई अन्यत्र लैजाने योजना बनाइएको बताए ।

उनले औरोरा प्रान्तको तटीय क्षेत्रका करिब २४ हजार व्यक्तिलाई अन्यत्र लैजान खोजिएको बताए । आइतबार यहाँ उक्त सामुद्रिक आँधी आउने अनुमान गरिएको छ ।

प्रशान्त महासागरमा आरम्भ भएको मेसाक आइतबार फिलिपिन्सको मुख्य द्वीप लुजानमा पुगेपछि यो अझै कमजोर हुने सरकारी मौसम अनुमानकर्ता अलक्जर औरेलियोले बताए ।

उनले यस क्षेत्रमा ६.६ फिट सम्मको छाल आउनसक्ने बताए ।

सन् २०१३ मा यस मुलुकलाई कडा सामुद्रिक आँधी हेयानले प्रभावित बनाउँदा सात हजार ३५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

फिलिपिन्सलाई प्रति वर्ष २० वटा सामुद्रिक आँधीले प्रभावित बनाउने गर्छ । तीमध्ये धेरै घातक हुनेगर्छन् । रासस/एएफपी

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage