scheduleबुधवार भाद्र ४ गते, २०७६

मलेसियामा हेलिकोप्टर दुर्घटना

एक सांसदसहित छ जनाको मृत्युको आशङ्का

semenyih_helicopter_crash_tmi_readerक्वाललम्पुर, २१ चैत । मलेसियामा शनिबार भएको हेलिकोप्टर दुर्घटना हुदा सो हेलिकोप्टरमा रहेका छ जनाकै ज्यान गएको आशङ्का गरिएको छ । प्राप्त समाचारअनुसार हेलिकोप्टर दुर्घटना एक जङ्गलमा भएकोले त्यसमा रहेका सबैजनाको ज्यान गएको आशङ्का गरिएको छ ।

उक्त दुर्घटनाको समाचार स्थानीय सञ्चारमाध्यमहरुले दिएका छन् । दुर्घटनामा परेकाको खोजी भइरहेको तर वास्तविक अवस्थाको बारेमा अझै पत्तो नलागेको प्रहरीले जनाएको छ ।

त्यसमा मलेसियाका प्रधानमन्त्रीको राजनीतिक दलका एकजना वरिष्ठ सदस्य एवम् सांसद पनि परेका छन् । उनी प्रधानमन्त्रीका निकट र राजनीतिक सल्लाहकार पनि रहेका बताइएको छ ।

दक्षिणी क्लालालम्पुरमा सो हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो । सो दुर्घटनामा परेका तीनजनाको शव भेटिएको र अरुको खोजी जारी रहेको छ । उक्त दुर्घटनामा ती सांसद पनि परेका सञ्चारले जनाएका छन् । रासस/एएफपी

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage