scheduleआइतवार आश्विन २६ गते, २०७६
Dashaian

गुप्तिल दुई वर्षपछि टेस्ट टोलीमा

Martin-Guptill (6)वेलिङटन । प्रतिभाशाली ब्याट्सम्यान मार्टिन गुप्तिलले न्युजिल्यान्डको टेस्ट टोलीमा पुनरागमन गरेका छन् । अघिल्लो साता सम्पन्न क्रिकेट विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका गुप्तिल झन्डै दुई वर्षपछि टेस्ट टोलीमा फर्किएका हुन् ।

विश्वकपपछि इंग्ल्यान्ड भ्रमणका लागि तयार भएको न्युजिल्यान्ड क्रिकेट बोर्डले शनिबार टेस्ट तथा एकदिवसीय टोलीको घोषणा गरेको हो । गुप्तिलले पछिल्लोपटक न्युजिल्यान्ड टोलीबाट गत २०१३ मेमा टेस्ट खेलेका थिए । संयोगवश गुप्तिलले यसअघिको आफ्नो अन्तिम टेस्ट पनि इंग्ल्यान्डविरुद्ध नै खेलेका थिए । उनले इंग्ल्यान्ड भ्रमणको मात्रै एक टेस्टमा मात्रै खेल्ने अवसर पाएका थिए । त्यसमध्ये पहिलो इनिङमा १ तथा दोस्रो इनिङमा ३ रन जोड्दै उनी आउट भएका थिए ।
न्युजिल्यान्डका प्रशिक्षक माइक हेसनले सबै ब्याटिङ अर्डरका लागि फिट भएका कारण गुप्तिललाई टोलीमा समावेश गरिएको बताए । सिरिजअघि लड्र्समा हुने दुई अभ्यास खेलमा उनको प्रदर्शन हेरिने प्रशिक्षक हेसनले बताए । ‘हामीसँग एउटा टोली पहिल्यै तय छ, उत्कृष्ट प्रदर्शन गर्नेका लागि अझै पनि टोलीमा स्थान हुनेछ,’ हेसनले भने, ‘गुप्तिल क्षमतावान् क्रिकेटर हुन्, सीमित ओभरको खेलमा उत्कृष्ट प्रदर्शन गरेका उनले टेस्टमा पनि त्यस्तै प्रदर्शन गर्न सक्नेछन् ।’
उनीसँगै तीव्र गतिका बलर माट हेनरीले पनि टेस्ट टोलीमा स्थान पाएका छन् । यस्तै अलराउन्डर मिचेल सन्तनर पनि एकदिवसीय र टी–२० टोलीमा समावेश भएका छन् । जेम्स निसम चोटग्रस्त भएपछि हेनरीले अवसर पाएका हुन् । प्रशिक्षक हेसनले टेस्टका लागि पनि आफ्ना बलरहरू तयार रहेको बताए । ‘माटका लागि यो अर्काे अवसर हुनेछ, तर हामी उनको परिपक्वताबाट प्रभावित छौँ, उनले टेस्टमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरेका छौँ,’ उनले भने ।
चोटका कारण विश्वकपको पूरै खेल खेल्न नपाएका तीव्र गतिका बलर आदम मिल्नेलाई पनि एकदिवसीय टोलीमा समावेश गरिएको छ । मिल्ने विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्धको महत्त्वपूर्ण सेमिफाइनलअघि चोटग्रस्त बनेका थिए । उनको स्थानमा हेनरीले अवसर पाएका थिए । सन्तनरले भने यो सिजन घरेलु फोर्ड ट्रफीमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीमा स्थान सुरक्षित गरेका हुन् । बायाँहाते ब्याट्सम्यान सन्तनर फोर्ड ट्रफीमा नर्थन डिस्ट्रिकका लागि सर्वाधिक रन स्कोरर थिए । उनले ११ विकेटसमेत लिएका थिए ।
न्युजिल्यान्डले इंग्ल्यान्डविरुद्ध पहिलो टेस्ट लड्र्समा २१ मेमा खेल्नेछ । दोस्रो टेस्ट २९ मेमा हेडिङलेमा हुनेछ भने पाँच खेलको एकदिवसीय सिरिज भने ९ जुनबाट सुरु हुनेछ । सिरिजअन्तर्गत एक टी–२० खेल २३ जुनमा वल्र्ड ट्राफोर्डमा खेलिनेछ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

टेस्ट टोली : ब्रेन्डन म्याककुलम (कप्तान), कोरे एन्डरसन, ट्रेन्ट बोल्ट, डग ब्रासवेल, मार्क क्रेग, मार्टिन गुप्तिल, माट हेनरी, टोम लथम, कुक रोकी, हामिस रुथफोर्ड, टिम साउथी, रोस टेलर, नेइल वागनर, बिजे वाटलिङ र केन विलियम्सन
एकदिवसीय र टी–२० टोली : ब्रेन्डन म्याकुलम (कप्तान), कोरे एन्डरसन, ट्ेरन्ट बोल्ट, ग्रान्ट इलियट, मार्टिन गुप्तिल, माट हेनरी, टोम लाथम, मिचेल म्याकक्लेनाघन, नाथन म्याककुलम, आदम मिल्ने, लुक रोकी, मिचेल सन्तनर, टिम साउथी, रोस टेलर, केन विलियम्सन

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage