scheduleबिहिवार आश्विन ३० गते, २०७६

आईपीएलको पूर्वसन्ध्यामा राजस्थानलाई झट्का !

kane-richardsonजयपुर, २२ चैत । आगामी बुधबारबाट सुरु हुने इण्डियन प्रिमियर लिग आईपीएलमा पहिलो संस्करणको विजेता राजस्थान रोयल्सलाई गम्भीर झट्का लागेको छ ।
आईपीएलको आठौं संस्करण सुरु हुन केही दिनमात्रै बाँकी रहँदा अष्ट्रेलियन फाष्ट बलर केन रिचर्डसनले आफ्नो नाम फिर्ता लिएपछि राजस्थान समस्यामा परेको हो ।

अघिल्लो संस्करणको अधिकांश खेलमा राजस्थानको प्रतिनिधित्व गर्ने मौका पाएका रिचर्डसनको अनुपस्थितिमा राजस्थानलाई केही समस्या पर्ने पक्का छ ।
यद्यपी टिम साउथीको सानदार फर्म र अष्ट्रेलियन युवा फास्ट बलर बेन कटिङ भने विकल्पको रुपमा रहने छन् ।
रिचर्डसनले टि्वटमार्फत आफूले यस संस्करणको आईपीएल खेल्न नसक्ने जानकारी दिए ।

‘म यस वर्ष व्यक्तिगत कारणले आइपीएल खेल्न सक्दिन । समर्थनका लागि राजस्थान रोयल्सलाई धन्यावाद्, शुभकामना ।’

रिचर्डसन आफ्ना टिम मेट सेन वाट्सन, स्टिभन स्मिथ, जेम्स फौंक्नर र बेन कटिङसहित भारत आइसक्नु पर्ने थियो । आईपीएलमा कुनै पनि टिमलाई एकै पटकमा बढीमा ४ विदेशी खेलाडीलाई मैदान उतार्न पाउने व्यवस्था छ ।
राजस्थानबाट कप्तान वाट्सनसहित, स्मिथ र फौंक्नर नियमित खेलाडी हुन् । रिचर्डसन्को अनुपस्थितिमा टिम साउथीले उनको ठाउँ लिने अपेक्षा गरिएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage