scheduleसोमवार भाद्र २ गते, २०७६

आत्मघामती आक्रमणमा छ को मृत्यु

त्रिपोली, २२ चैत । उत्तर–पश्चिमी लिबियाको मिस्राटा सहरमा आइतबार भएको एक आत्मघाती कारबम आक्रमणमा परी छ व्यक्तिको मृत्यु भएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

सो आक्रमणमा परी अन्य दर्जनौ घाइते भएका पनि सो स्रोतले जनाएका छन् । दक्षिण–पूर्वी तटिय सहर स्दादामा एक जाँचचौकीमा विस्फोटक पदार्थ बोकेका एक व्यक्तिले सो कारबम विस्फोटन गराएको नाम नबताउने शर्तमा एक सुरक्षा अधिकारीले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।

मृतकहरुको शव र घाइते व्यक्तिहरुलाई अस्पतालमा लगिएको जनाइएको छ । लिबियामा ‘आइएस त्रिपोली प्रोविन्सलगायत इस्लामिक स्टेट (आइएस) लडाकू समूहको थुप्रै उपशाखा रहेका छन् । सोही समूहले यस आत्मघाती कारबम विस्फोटनको जिम्मा लिएका छन् ।

लिबियामा पूर्व क्रुरशासक मुआमर गद्दाफीको २०११ मा शासनसत्ता पतन भएपछि पनि आतङ्ककारी आक्रमण , सशस्त्र झडप, अपहरण र हत्या जस्ता हिंसाहरुले ग्रस्त रहेको छ । रासस/सिन्ह्वा

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage