scheduleबिहिवार भाद्र ५ गते, २०७६

शरणार्थी शिविरबाट दुई हजार विस्थापित

दमासकस, २२ चैत । सिरियाको राजधानी दमासकसमा रहेको यार्मुक प्यालेस्टिनी शरणार्थी शिविरबाट करिब दुई हजार व्यक्ति विस्थापित भएका छन् ।

इस्लामिक स्टेट (आइएस) लडाकू समूहले सो शिविरको ठूलो भाग कब्जा लिएपछि त्यहाँ रहेका ती शरणार्थीहरु विस्थापित भएका प्यालेस्टिनी अधिकारीहरुले आइतबार एएफपी समाचार समितिलाई जनाएका छन् ।

करिब ४०० घरपरिवारका दुई हजार व्यक्ति शुक्रबार र शनिबार गरी सो शिविरबाट विस्थापित भएका ‘प्यालेस्टिनी लिबरेसन ओर्गनाइजेसन’का अधिकारी अन्वार अब्दुल हादीले बताएका छन् ।

इराक र सिरियामा आइएस लडाकू समूहले केही महिनायता हिंसा र हत्या जारी राखेका छन् । रासस/एएफपी

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage