scheduleबिहिवार आश्विन ३० गते, २०७६

रोनाल्डो एक्लैले ५ गोल हान्दा रियलको फराकिलो जित

मड्रिड, २२ चैत । स्पेनिस जाइन्ट रियल मड्रिडले रेलिगेशन जोनमा रहेको ग्रानाडाविरुद्ध ९–१ को फराकिलो जीत दर्ता गर्दै लिग लिडर बार्सिलोनासँगको अंक दुरी घटाएको छ । क्रिष्टियानो रोनाल्डोले ८ मिनेटभित्रै ह्याट्रिक पूरा गरेको खेलमा रियलले विपक्षीको पोष्टमा पटक–पटक धावा बोल्यो ।

Ronaldo

यसक्रममा रोनाल्डोले ५, करिम बेञ्जिमाले २ र ग्यारेथ बेलले १ गोल गर्न भ्याए । अर्को गोल भने डिएगो म्येन्जले उपहारस्वरुप दिएका थिए ।
२५औं मिनेटमा बेलको गोलबाट लिएको अग्रता दोब्बर पार्ने क्रममा रोनाल्डोले ३०औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरे । त्यसपछि ३६ र ३८औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका रोनाल्डोले ५४औं र ९०औं मिनेटमा पनि गोल थपे । करिम बेञ्जिमाले ५२ र ५६औं मिनेटमा गोल गरेका थिए ।
ग्रानाडाका लागि भने रोबेर्ट इबानेजले स्वन्त्वना गोल फर्काए । जीतसँग रियलको २९ खेलमा ६७ अंक भएको छ भने, एक खेल कम खेलेको लिग लिडर बार्साको ६८ अंक छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage