scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

दाइजोको विवादमा एक पुरुषले बेहुलीसहित दशको हत्या

Bareillyपेसावर (पाकिस्तान) २२ चैत । पाकिस्तानको उत्तरपूर्वी भागमा एक पुरुषले आफूले पहिले विवाह गर्न तय भएकी एक महिलाका साथमा निजका नौ नातेदारको हत्या गरेको जानकारी प्रहरीले आइतबार दिएको छ । छ महिनापहिले यी पुरुषले ती महिलालाई दाइजो दिन नमानेको भनी आफ्नै आमाबाबु तथा दुई दाजुभाइको पनि हत्या गरेका थिए ।

पच्चीस वर्षीय यी पुरुषको नाम मिर अहमद साह भएको जानकारी दिएको छ । उसले खैबर पख्तुनख्वा प्रान्तको चर्सदा जिल्लामा बिहानै एके–४७ बन्दुकले ती व्यक्तिको हत्या गरी भागेको प्रहरीले उल्लेख गरेको छ ।

जिल्ला प्रहरी प्रमुख सफायुल्लाह खानले यी व्यक्ति सुतिरहेको समयमा ऊ घरमा प्रवेश गरी उनीहरूको हत्या गरेको र मर्नेमा दुई बालबालिका तथा चार महिला भएको जानकारी दिए ।

खानले साह गत वर्ष आफ्नै आमाबाबु तथा दुई दाजुको हत्या गरी भागेका भगौडा अपराधी भएको बताए । महिलाका बाबुले दाइजोको रूपमा आवासीय जग्गा मागेको र केटाका परिवारले अस्वीकार गरेको बताइएको छ ।

अर्का प्रहरी अधिकारी गुलजार खानले आफ्नै परिवारको हत्या गरेपछि साह यस्तो माग गरेको भनी उक्त महिलाको आमाबाबुप्रति पनि क्रुद्ध भएको बताए ।

साह यी महिलाका नातेदार भएको अर्का वरिष्ठ प्रहरी अधिकारी अब्दुल रसिदले बताए ।

पाकिस्तानमा विवाह प्रायः नातेदारमा गरिन्छ । यहाँ विवाहमा दुलहीको परिवारले सम्बन्ध टुटेमा महिलाको सुरक्षाका लागि भनी महङ्गो दाइजो माग्ने गर्छन् । रासस/Bareillyएएफपी

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage